रमाउँछु म

MP
तिम्रो मन दु:ख्छ भन्ने बुझेर पनि अन्जान भई बित्थामा कराउँछु म
तिमी मौन बसिदिन्छौ, अँध्यारो छाउँछ र तिम्रो मौनतासँग डराउँछु म ।।
त्यही डरमा अत्तालिएको म, हराउँछु पछुताउँछु र एक्लै भुतभुताउँछु
सधैँ झैं माफ गर्दै मुस्काउँछौ, अनि तिम्रो मुहारलाई जून संझेर रमाउँछू म ।।१।। 



अन्तर्मन देखि अक्षर सम्म

MP
साँच्चैको लेखकलाई त शिर्षक खोज्नै पर्दैन रे, उनिहरुले जताततै लेख्ने बिषय भेट्छन् रे। त्यसैले म त लेखक को दर्जामा पर्दिनँ। खालि यसो समय मिल्दा मनमा उब्जेका विचार अनि जिवन भोग्दै गर्दा भेटिएका रमाईला कुरा यस्तै समेटिन्छन यहाँ, न त शब्दका फुल बुट्टा भेटिन्छन यहाँ न त कुनै रस र अलङ्कार।
सँधैंभरि आफ्ना मनका कुरा सबैलाई सुनाउन मिल्दैन, सुन्न लायक पनि नहोलान् फेरि यहाँ फुर्सद कसलाई छ र कसका कुरा सुन्ने, त्यसैले अरु लाखौंले झैं यही व्लग मा मन खन्याउन मन लाग्छ, अक्षरका रुपमा। तपाईँले जस्तै कसैले यसो समय कटाउन मेरा भावना पढ्दा मजा आओस, पछि जीवनको जोश घटेपछि आफैंले दोहोराएर पढ्दा मन रमाओस अहिलेलाई यत्ति नै छ यहाँ उद्देश्य।
स्वागत छ तपाईँलाई, आउँदै गर्नुस है अनि मेरा विचारमा सहमति र बिमती पनि जनाउनुस!

I had heard somewhere that the real writers do not look for a topic to write, they find topics everywhere. I do not fall under that category of writers. When the time goes little slow and I get a minute away from the hassles and rush of life, I come here and present my feelings and glimpses of some of the interesting moments of my life. You won't find a descent English nor rhetorical pictures here.
Not all my feelings are worth sharing with everyone nor anyone has time for it. That probably is the reason why millions of people write blogs and I am one of them, I portray my heart in these words. When someone like you visits my world here, I wish to entertain you and make you smile. In later days of life when there is not much to do, I wish to make myself happy by reading these blogs back again ... it will give me a chance to turn back and look at myself. That's all the purpose here.
Thanks for stopping by. Please do not forget to visit back and please have your say on what I say.



 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons