Showing posts with label Gajal. Show all posts
Showing posts with label Gajal. Show all posts

मेरो मनको हाल!

MP

नशा पिए जस्तै उनको बाङ्गोटिङ्गो चाल थियो 

उनको चाल जस्तै ढलपल मेरो मनको हाल थियो 

थुनी देऊन मुटु भित्र इशारा त यस्तै थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।१।।


यता हेर्दै अन्त हेर्दै हातले कपाल सार्दै थिईन 

उनलाई के थाहा हरेक सासमा मेरो मुटु मार्दै थिईन 

मलाई लाग्यो उनको पनि दिलको हालत यस्तै थियो

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो।।२।।


मलाई देखि झस्किए झैँ सम्हालीन खोज्दै थिईन 

मेरो मनको सिंहासनमा राखिदिएँ रानी बनीन 

खासखुस गरिन साथीसँग कुरा शायद मेरै थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।३।।


पाइला उनका सर्दै थिए म चाहिँ उडान भर्दै थिएँ 

एकै भेटमा उनकै बनेँ घरजम नै पो गर्दै थिएँ 

तिम्रै हुँ म सँधैभरि लाग्यो उनको भाव थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।४।।


आइन नजिक मुटु रोकेँ, उनी हिडिन सरासरी 

अर्कै रैछ उनलाई कुर्ने फुल बोकी हातभरी 

कल्पनाको सागरमा प्रितको डुङ्गा डुब्नु थियो 

आँखा उनको अन्तै रैछ मलाई लाग्यो यतै थियो ।।५।।


हल्का मुस्कान पोखी हिँडिन छातिभित्र आँधी चलाई 

आँखाले नै जलाइदिइन किन चहियो लाइटर सलाई 

नशा पिए जस्तै उनको बाङ्गोटिङ्गो चाल थियो 

उनको चाल जस्तै ढलपल मेरो मनको हाल थियो ।।६।।


प्रकृतिको नियम ?

MP
आगोमा नपरि धपक्क नबलि कुन् सून चम्कन्छ र
माटोमा नमिलि हिलाम्य नबनि कुन वीज उम्रन्छ र
कोईला पनि ताप-चाप नखपि हीरा कहाँ बन्छ र
पुरै रात गुमाई साख अनि पो झुल्किन्छ नि सूरज।।

धस्नै पर्छ घुँडा अनि लडि-लडि पहिलो कदम् चल्दछ
खस्रा घुम्ती सही बगेर सरिता समून्द्रमा मिल्दछ
दीयोले पनि रातभर् जलि-जलि फैलाउँछे रोशनी
मृत्युको मुखमा पुगेर जननी जन्माउँछिन् जीवनी।।

पैँताला नखियाई यत्न नगरि गन्तव्य को पुग्दछ
कस्ले चुम्छ शिखर् उकालि नचढि पर्वत कहाँ झुक्दछ 
पाउँदैन बसन्त आउन चिसो शिषीर नआईकन
कुवाको जल आउँदैन घटमा डोरी नतानिकन ।।

ज्योतीको महिमा हुँदैन दिनमा निस्पट्ट निशा बिना
हाँसोको कसरी म मापन गरुँ आँशु नपोखिकन
पानी खोजी कहाँ म हिँड्दछु त्यसै तिर्खा नलागिकन
कस्ले खोज्दछ स्वर्ग यो धरतीको पीडा नभोगिकन  ।।

सृष्टि को तरिका सफल् हुनु अघि थुप्रै चुनौतीहरु
आउँछन् विचलित गराउन भनि बाधा र अड्चन् हरु
उल्टो सोचि रहेँ अबुझ् बनी-बनी यी हौसला पो थिए
म आफ्नै भ्रममा भुलेर विधीको निन्दा गरि नै रहेँ।।

अङ्ग्रेजी बोल्ने रहर

MP
हरेक दिन नयाँ नयाँ मान्छे भेटिन्छन, पुराना मान्छेका नयाँ-नयाँ बानि देखिन्छन। यस्तै एउटा जम्का भेटले यो ब्लग लेख्न उत्सुक बनयो। १-२ दिन अघिको कुरा हो, बच्चा-बच्चीको स्कुलको युनिफर्म किन्न मलमा थियौँ। मान्छे नै मान्छेको भिड छिचोल्दै केटाकेटीकै तालमा हिड्दै थियौँ, उनीहरुले सोधेका अनेकन प्रश्नको जबाफ दिंदै यो यस्तो-त्यो त्यस्तो भनेर ब्याख्या र वर्णन गर्दै एउटा पसल र अर्को पसल गर्दै थियौं। यस्तैमा सानी छोरीले हात छोडेर अगाडी अगाडी कुद्न थाली, उसलाई Escalator मा तल माथि गर्न खुब रमाइलो लाग्छ, त्यही देखेर कुदेकी रैछे। छोरी कहाँ नै पुग्ली भनेर ओइ.…….…. नानी पख ……. एक्लै नजाउ भनेर कराइयो, नेपालीमै। छोरी टक्क अडीई। अगाडीबाट हामीतिर हिड्दै आएको एक जोडीले यो सबै क्रियाकलाप देखेका रहेछन अनि नजिकै आएर सोधे "आर यु फ्रम नेपाल?"

पिउने गर्नु जाती हुन्छ!!

MP
८-९ बर्ष अगाडिको एउटा साँझ याद आयो। भर्खरै PhD शुरु गरेको थिऐँ। नेपाल को नियास्रो त अहिले पनि लाग्छ तर त्यतीबेला त झन् सम्हालि नसक्नु नै लाग्थ्यो। वरपर भएका नेपाली साथि-भाई दिदी-बहिनीहरुले बेला बेला जमघट गरिरहने हुनाले त्यो नियास्रो मेटाउन अलि अलि भए पनि सजिलो हुन्थ्यो।

रीस उठ्छ मलाई पनि ..........

MP
एकान्तमा आँशु झार्दै, मनका पीडा धोएको छु
झरी पर्दा भिज्दै मुटु, खन्याएर रोएको छु॥
सधैँ शान्त देखिन्छु म, मनमा ताण्डव चले पनि
तिमीले के सोच्यौ तर, रीस उठ्छ मलाई पनि ॥१॥

मेरो माया ...

MP
पहिले जस्तो मायाको गित, नलेखेको धेरै भयो
ति आँखामा आँखा राखी, नहेरेको धेरै भयो ॥
मुखले पनि "माया गर्छु", नभनेको देखी तिमी
मनमा कतै नसोच्नु है, मेरो माया घट्यो भनी ॥१॥

समयको छालसँगै, फेरिएझैं देख्यौहोला
बेहोशिमै यदा कदा, तिखो बचन बोलेंहोला॥
नी:रस कुरा मात्र गर्दै, बिरक्तिएको देखि तिमी
मनमा कतै नसोच्नु है, मेरो माया घट्यो भनी ॥२॥

मेरो माया शित जस्तै, अझै पनि झरिलो छ
तिम्रो लागि ज्यान दिने छाती अझै दरिलो छ॥
नसा भरि बगेकी छौ, रगतसँगै मिसीएर
शंका कतै बाँकी रहे, आफ्नै मुटु झाँकीहेर ॥३॥

'म'

MP
यताको जिन्दगी र उताको सम्झना, दुबैलाई पर पन्छाएर
भागम्-भाग र बेफुर्सदको घेराबाट, एकैछिन निस्कन खोज्दै छु म
जे जहाँ छ त्यो त्यहीँ छाड्दै, निस्फिक्री सुस्ताएर
एकान्तमा घोत्लिँदै, आफैंसँग जिस्कन खोज्दै छु म ॥१॥

बिन्ती छ मनका तरङ्गहरु, एक्लै छाडिदेओ केही क्ष
भोलि त फेरि तिमिहरुकै हुँ, आज एक्लिन खोज्दै छु म
कहिले तन्किंदै त कहिले खुम्चिँदै धेरै बाँचिसकेँ
आज कतै नबाँडिई धेरैपछि 'सिङ्गो म' बन्न खोज्दै छु म॥२॥

एउटा आँखाले उज्यालो र अर्कोले म भित्रैको अँध्यारो हेरेर
जिवनका दुबै पक्ष एकै पटक केलाउन खोज्दै छु म
पाउने र गुमाउनै पर्ने जिवन चक्र देखि बाहिर निस्केर
लेनदेन बिनाको 'म' लाई भेट्न खोज्दै छु म ॥३॥





रमाउँछु म

MP
तिम्रो मन दु:ख्छ भन्ने बुझेर पनि अन्जान भई बित्थामा कराउँछु म
तिमी मौन बसिदिन्छौ, अँध्यारो छाउँछ र तिम्रो मौनतासँग डराउँछु म ।।
त्यही डरमा अत्तालिएको म, हराउँछु पछुताउँछु र एक्लै भुतभुताउँछु
सधैँ झैं माफ गर्दै मुस्काउँछौ, अनि तिम्रो मुहारलाई जून संझेर रमाउँछू म ।।१।। 



 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons