हरेक दिन नयाँ नयाँ मान्छे भेटिन्छन, पुराना मान्छेका नयाँ-नयाँ बानि देखिन्छन। यस्तै एउटा जम्का भेटले यो ब्लग लेख्न उत्सुक बनयो। १-२ दिन अघिको कुरा हो, बच्चा-बच्चीको स्कुलको युनिफर्म किन्न मलमा थियौँ। मान्छे नै मान्छेको भिड छिचोल्दै केटाकेटीकै तालमा हिड्दै थियौँ, उनीहरुले सोधेका अनेकन प्रश्नको जबाफ दिंदै यो यस्तो-त्यो त्यस्तो भनेर ब्याख्या र वर्णन गर्दै एउटा पसल र अर्को पसल गर्दै थियौं। यस्तैमा सानी छोरीले हात छोडेर अगाडी अगाडी कुद्न थाली, उसलाई Escalator मा तल माथि गर्न खुब रमाइलो लाग्छ, त्यही देखेर कुदेकी रैछे। छोरी कहाँ नै पुग्ली भनेर ओइ.…….…. नानी पख ……. एक्लै नजाउ भनेर कराइयो, नेपालीमै। छोरी टक्क अडीई। अगाडीबाट हामीतिर हिड्दै आएको एक जोडीले यो सबै क्रियाकलाप देखेका रहेछन अनि नजिकै आएर सोधे "आर यु फ्रम नेपाल?"
Showing posts with label NepaliPolitics. Show all posts
Showing posts with label NepaliPolitics. Show all posts
नेपाल मा "पोलिटिकल यूनिफिकेशन"
MP
at
Sunday, May 27, 2012
मलाई अचेल फेसबुक हेर्नै मन लाग्न छाडेको छ। फोटोशप वा त्यस्तै ग्राफिक्स एडिटर का "प्रो" हरु (उस्तादहरु) को चर्तिकलाले फेसबुक रङ्गिएको छ । नेताहरुको टाउको काट्ने र जोड्ने कला (?) खुब देखाएकाछन प्रो-हरुले। अझ अनौठो त त्यस्ता कलाहरुलाई शेयर गर्दै वालमा टाँस्नेहरु पनि समयवाला नै मान्छु म! फुर्सदै फुर्सद भएपछि के गर्नु त...
यो फोटोशप कला जति वाक्क लाग्दो भएपनि यसले कम्तिमा-साक्षर (फेसबुक चलाउने स्तरका) नेपालीहरुको जनमत चाहीँ प्रकट गरेको छ। नेताहरु पटक्कै उत्तरदायी छैनन्, सबैलाई थाहा छ तर हाम्रो बाध्यता के भने देश चलाउन तिनै नेताको बाटो नहेरी सुख छैन किन भने हरेक नागरिकले राजनीति गर्दै हिँड्न सक्दैन।
नेपालका ३५ सौं प्र. म. ..... हाम्रा आशा र तिम्रा चुनौतिहरु
MP
at
Sunday, August 28, 2011
सर्वप्रथम डा बाबुराम भट्टराई हार्दिक बधाई अनि शुभकामना!
अगस्ट २८, २०११! आज नेपालले फेरि अर्को प्रधानमन्त्रि पाएको छ.......३५ सौं प्रधानमन्त्रि !
नेपालमा प्राय: सरकार बनाउने बेलामा ठुला पार्टी निरिह र साना भुरे भारे पार्टी शक्तिसाली हुने गरेको धेरै भयो, संसारमा यस्तो अवस्था धेरै कम मुलुकमा मात्र होला। यसैले गर्दा राजतन्त्र अन्त्य भए देखि फोरम र मोर्चा जस्ता दलहरुले मन्त्रिमण्डलमा स्थान नपाएको सरकार बनेकै छैन। यो पटक पनि यस्तै भयो तर नयाँ कुरा चाँही २०४७ पछी नै सायद पहिलो पल्ट एमाले र काँग्रेस दुवै एकै पटक प्रतिपक्षी भएका छन्। अब यति बेला जति यी पार्टीहरु मा राष्ट्रियता कहिले देख्न पाइने छैन। राष्ट्रियता को मुकुण्डो लगाएर निकै कुर्लिनेछ्न दुवै पार्टीका नेता र कार्यकर्ता।
Subscribe to:
Posts (Atom)


