मलाई अचेल फेसबुक हेर्नै मन लाग्न छाडेको छ। फोटोशप वा त्यस्तै ग्राफिक्स एडिटर का "प्रो" हरु (उस्तादहरु) को चर्तिकलाले फेसबुक रङ्गिएको छ । नेताहरुको टाउको काट्ने र जोड्ने कला (?) खुब देखाएकाछन प्रो-हरुले। अझ अनौठो त त्यस्ता कलाहरुलाई शेयर गर्दै वालमा टाँस्नेहरु पनि समयवाला नै मान्छु म! फुर्सदै फुर्सद भएपछि के गर्नु त...
यो फोटोशप कला जति वाक्क लाग्दो भएपनि यसले कम्तिमा-साक्षर (फेसबुक चलाउने स्तरका) नेपालीहरुको जनमत चाहीँ प्रकट गरेको छ। नेताहरु पटक्कै उत्तरदायी छैनन्, सबैलाई थाहा छ तर हाम्रो बाध्यता के भने देश चलाउन तिनै नेताको बाटो नहेरी सुख छैन किन भने हरेक नागरिकले राजनीति गर्दै हिँड्न सक्दैन।
मैले राजनैतिक चलखेल यसो बुझ्न थालेको २० बर्ष हुन लाग्यो होला तर यती लामो अवधीमा कुनै पनि दिन नेपाल मा स्थायित्व आएकै छैन। कुनै पोलिटिकल ब्याकग्राउण्ड र एक्सपर्टिज नभएको मेरो भोगटे दिमाग पनि कहिले काहीँ यसो सोच्छ, हैन के हो त यो सब को जड? सधैँ सरकार बनाउने-ढलाउने-पुत्ला जलाउने क्रम मा नै २ दशक बितेको मैले नै देखिसकेँ त जस्तो लाग्छ। अनि फेरि उहि फेसबुक को कला झैँ सबै नेतालाई बाँदर, कुकुर, फिल्म को भिलियन, बुद्धि नभएको यस्तै यस्तै भनेर दोष लागाएर समस्या सजिलो बनायो, यी सब नेता सकिए भने बल्ल सबै कुरा ठिक हुन्छ भन्यो अनि रोजि रोटिमा लाग्यो....
एक छिनलाई मानौं कुनै तरिकाले अहिलेका टाउके नेता सबै एकाएक गायब भए वा बनाईए, अब तिनिहरुको नामो निशान छैन नेपाली राजनीतिमा! त्यसपछि स्थायित्व आउँछ त? पक्कै पनि आउँदैन। किन भने यो नेताका पछाडी पछाडी टाउकोले टेकेर, खुट्टा नभए बैशाखी टेकेर, गर्दन नभए नेक गार्ड लगाएर कुदिरहेका लाउकेहरु अगाडी आउँछन, तिनिहरुका गुरुहरुले जे गरे नयाँले नि त्यही गर्छन।
जहिले पनि नेपालको राजनीतिमा भुराहारु दादा अनि ठुलाहरु तिनै भुराको चाकडिमा। उहिले उहिले राप्रपा दादा, नेमकिपा दादा, माले दादा, जनमोर्चा दादा। किन भने सरकार बनाउने ईक्वेशनमा ठ्याक्क चाहिने कोअफिसियन्ट तिनैसँग अनि त के र। पैसा मुखले बोले जति, पद चाहे जस्तो, सुरा सुन्दरी, सुविधा सबै तिनैले पाए।
अनि जमाना आयो डाक्टर साबको पार्टिको। मान्छेलाई मान्छेको रगत देखेपछि डर नलाग्ने कुरै भएन, त्यही डरको फाइदा उठाए, कुटेर, लुटेर, थुतेर जसरी नि संसदमा ठुलै सिट हात पारे। उनिहरुले हडपेको सिट गुमाए काँङ्ग्रेस र एमालेले। साथसाथै काला रङ्गका दाईहरु पनि रातारात चम्किन थाले। अनि नेपालि राजनीतिको पाई चार्ट झन टुक्रियो।
अनि झन दादाहरुको सङ्ख्या बढ्दै गयो, जाँदै छ। संसारमा सार्क क्षेत्रका ५-७ मुलुकमा बाहेक कहीं कतै नभएको जात र ईथ्निसिटिको नाममा देश अझै टुक्रँदै छ। जातिय\संघिय राज्य भएर अरु त के घाटा लाग्छ र, तर संसदमा अझै दादाहारुको सङ्ख्या बढ्छ, पाई चार्ट झनै टुक्रिन्छ। सँधैं झैं कसैको बहुमत हुँदैन..... जाल झेल, किन बेच मा देश चल्छ। जनताको स्तर जुन तरिकाले अधोगती लाग्दैछ, सोहि क्रम चलिनै रहन्छ। हरेक दिन १४०० सयबाट बढेर १४००० हजार नेपाली बाहिरिन्छन। छोरा-छोरी पुस्तामात्र हैन बा-आमा पुस्ता पनि बाहिरिन्छन। बाहिरिएकालाई कसैले "हे ह्वेर आर यु फ्रम?" भनेर सोध्यो भने नबुझे झैं गरेर "या या फाइन" भन्न बाध्य हुन्छन्।
पोलिटिकल स्टेबिलिटी नआउँदासम्म कुनै नेता पनि उत्तरदायी हुँदैनन्, नेता उत्तरदायी नहुँदासम्म सबै व्यवस्था अस्तव्यस्त हुन्छ, जिवनस्तर गिर्दै जान्छ, साँच्चै केहि महिना अगाडि यु एन ओ को एउटा गोराले भनेझैं म त मेरो देश असफल हुने बाटोमा हिंडदै गरेको देख्छु।
फेसबुक का प्रोहरुले कल्पना गरेजस्तै म पनि कहिले काहिँ एक्लै हुँदा एउटा कल्पना पो गर्न थालेको छु। नेपालमा एउटा हिरो उदाओस, त्यसले अहिलेका भिलियनहरुलाई कुट्ने - मार्ने हैन (त्यो त डाक्टरसाबहरुले गरिसक्नु भो नि!) नेपालमा राजनैतिक एकिकरण गरोस् (राजतन्त्र वा तानाशाह को कुरा गरेको हैन है मैले)। रामे, झ्याँपे, ओख्ले जस्ता पार्टिहरुलाई राजनीतिमा हैन जागिरमा लगाओस् अनि अन्त्यमा नेपालमा अनगिन्ति पार्टि हैन केवल दुई धार होउन। दुबै धारको ध्येय "देश विकास" होस, नेपाल को राजनैतिक पाई चार्ट केवल चुनावको बेलामा मात्र यस्तो होस्
चुनाव पछिको नेपाल, मेरो कल्पना!
जय नेपाल!
जाँदै शिषिर योगी को यो गित:
जाँदै शिषिर योगी को यो गित:
0 comments:
Post a Comment