Dandelion र Jonathan

MP
कसैले ‘जीवन भनेको योजनामा चल्छ’ भन्छन् त कसैले ‘जीवन अनिश्चितता र आकस्मिकताको भूमरी हो’ भन्छन्। सही के हो थाहा छैन। यहि अ-परिभाषीत वा स्व-परिभाषीत जीवनमा कुनै पूर्व योजना बिना नै अचानक काम (जागिर) परिवर्तन गर्ने वाताबरण बन्यो, अर्को स्टेट सर्नु पर्ने भयो र त्यो सँगै अरु सयौँ कामको बाढि नै आयो। तिनै काम मध्ये आफु बसेको घर अहिलेलाई नबेच्ने बरु भाडामा लगाउने निर्णय भयो, तर मान्छेलाई घर देखाउनु अघि त यसो चिरिच्याँट्ट पार्नु पर्‍यो। घर वरिपरि उम्रेका झारपात हटाउन, दुबोलाई डस्दै उम्रेको Dandelion हटाउन, बगैचामा भएका रुखका हाँगाबिँगा छिमोल्न, झाडी छाँट्न, समग्रमा भन्नु पर्दा जाँगरिला छिमेकिहरुको घर जस्तै पार्न, निकै काम गर्नु पर्ने देखियो।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons