नेपालका ३५ सौं प्र. म. ..... हाम्रा आशा र तिम्रा चुनौतिहरु

MP

सर्वप्रथम डा बाबुराम भट्टराई हार्दिक बधाई अनि शुभकामना! 
अगस्ट २८, २०११! आज नेपालले फेरि अर्को प्रधानमन्त्रि   पाएको छ.......३५ सौं प्रधानमन्त्रि   !
नेपालमा प्राय: सरकार बनाउने बेलामा ठुला पार्टी निरिह र साना भुरे भारे पार्टी शक्तिसाली हुने गरेको धेरै भयो, संसारमा यस्तो अवस्था धेरै कम मुलुकमा मात्र होला। यसैले गर्दा राजतन्त्र अन्त्य भए देखि फोरम र मोर्चा जस्ता दलहरुले मन्त्रिमण्डलमा स्थान नपाएको सरकार बनेकै छैन। यो पटक पनि यस्तै भयो तर नयाँ कुरा चाँही २०४७ पछी नै सायद पहिलो पल्ट एमाले र काँग्रेस दुवै एकै पटक प्रतिपक्षी भएका छन्। अब यति बेला जति यी पार्टीहरु मा राष्ट्रियता कहिले देख्न पाइने छैन। राष्ट्रियता को मुकुण्डो लगाएर निकै कुर्लिनेछ्न दुवै पार्टीका नेता र कार्यकर्ता। 


अरु नेता भन्दा अलि फरक सोच छ है मेरो भन्ने झलक देखाएर गएका डा भट्टराई सगरमाथा जत्तिकै चुलिएको जनअपेक्षा को दायित्य बोकेर अनि "जता काफल पाक्यो उतै चरी नाच्यो" को नैतिकता भएको पार्टीहरुको सहयोग मा सत्तामा पुगेका छन्। जनताको समर्थन जति बलियो देखिएपनि उनको गठबन्धन्को जग निकै कमजोर देखिन्छ। हरेक दिन "काफल खोज्ने पार्टी" हरुको  सरकार छाड्ने धम्कि, भताभुङ्ग र छताछुल्ल भएको नेपाली राजनैतिक बातावरण र संकीर्णता अनि भ्रस्टाचारले ग्रस्त नेपाली ब्युरोक्र्याशी लाई सम्हाल्दै सुधार्दै लैजानु कुनै चानचुने कुरा नै हैन। व्यक्तिगत अनि राजनैतिक रुपमा डा भट्टराई कत्तिको धैर्यवान छन् यहि बेला पहिचान हुनेछ। आजको अवस्थामा नयाँ  प्र म ले तुरुन्तै झेल्नु पर्ने ब्यबधानहरु को लिस्ट लामै छ 
- सेना समायोजन को सदाबहार मुद्दा 
- पार्टीभित्र को द्वन्द र आफ्नै कार्यकर्ताको दादागिरी
- एमाले र काँग्रेस ले सदाझैँ प्रतिपक्ष मा बसेर देखाउने गरेको "अप्ठेरो मा हलो अड्काउने" प्रवृत्ती
- सुरक्षा निकायको डामाडोल अवस्था
- निजामती सेवामा भएको लाचारी र बेइमानी
- शिक्षा क्षेत्रमा भएको राजनैतिक हस्तक्षेप 
- हरेक महिना बिदेशिदै गएको श्रम र बौद्दिक शक्ति 
- राष्ट्र मा ब्याप्त "जसको शक्ति उसको भक्ति" को वाताबरण 
- उनको पार्टीको कम्युनिस्ट पृष्ठभुमीमाथि बिदेशी शक्ति केन्द्रहरुले सिर्जना गर्ने अड्चन आदि आदि 
यी सबै ब्यबधान हरुलाई सके सच्याउँदै  नसके पन्छाउँदै अघि बढ्नु छ डा भट्टराई को सरकारले। निकै लामो समयपछि जनताले रुचाएको मान्छे प्रधानमन्त्रि भएका छन् त्यसैले गर्दा अघिल्ला प्रम खनाल भन्दा यिनीसँग जनताले राख्ने अपेक्षा को लिस्ट पनि अहिले सम्म कै लामो हुनेछ 
- देशमा ब्याप्त पावर क्राइसिस (लोड शेडिंग) को अन्त्य
- सधै आफैं घिस्रँदै अगाडी बढेको आर्थिक र सामाजिक विकासलाई केहि दिशा र मोमेन्टम दिने अग्रसरता 
- बेरोजगारी को बिकराल समस्या को समाधान को बाटोमा हाललाई एकै कदम 
- दिन प्रतिदिन बढ्दै गएको ब्रेन ड्रेन को समस्या को पहिचान 
- बजार भाउमा ब्यापारीको मनोमानी माथि सरकार को केहि मात्र भएपनि नियन्त्रण (२०४६ साल तिर नेता कृष्ण प्रसाद भट्टराई ले भनेको याद आउछ "बढेको महँगी घटाउन त ब्रम्हा को पनि केहि लाग्दैन") हाललाई कम से कम सरकार भएको आभाष मात्र भए पनि केहि मनोमानी आफै घट्ने थियो
- खानेपानीको आपूर्तिमा ठोस कदम 
- निजामती तथा शैक्षिक क्षेत्रमा राजनैतिकरणको अन्त्य 
- देशमा सुरक्षित लगानीको अवस्थाको सिर्जना
- संसारको सबै देश बिज्ञान प्रबिधि मा अग्रसर भैरहेको बेला समय सापेक्ष बैज्ञानिक विकास परियोजना
- मालपोत/ भूमिसुधार, स्थानीय विकास र गृह मन्त्रालयमा सुरक्षित तथा आधुनिक कम्प्युटर प्रणाली को अवलम्बन (भू-माफियाहरुको बिगबिगी अन्त्य गर्न अत्यावश्यक)
- राष्ट्रका निकायहरु (मुख्यत: प्रहरी, न्यायलय, आम जनता) मा जिम्बेवारी बोध गराउने कार्यक्रम 
सयौ पेज लामो हुन्छ यो लिस्ट त तर पनि यी कुराहरुमा डा भट्टराई ले केहि कदम मात्र सुरु गरे भने पनि उनीपछि आउने अर्को सरकारलाई ति योजनाहरु लाई निरन्तरता दिन निकै ठुलो नैतिक दवाब पर्ने छ । जस्तो निवर्तमान उर्जा मन्त्रि गोकर्ण विष्ट ले शुरु गरेका योजनाहरु सम्पन्न नगरी अब आउने कुनै सरकारलाई धरै छैन। डा भट्टराईकै पार्टीले जतिसुकै असहयोग गर्न खोजे पनि यदि उनले देशका समस्याहरुलाई समाधान गर्न थाले भने नैतिक रुपमा पार्टीले सहयोग गर्ने पर्ने हुन्छ अनि आगामी चुनाब मा हाम्रो पार्टिले गरेको भन्ने ढ्वांग फुक्न पाइन्छ भनेर प्रचण्ड जस्ता उबुज्रुक नेताहरु पनि उनलाई सहयोग गर्न थाल्ने छन्। 
सर्वहारा बर्गको नेतृत्व गर्छौं भन्दै गरेका भाषणलाई वास्तविकतामा उतार्ने सटिक मौका पाएका छन् डा भट्टराई ले। जन-चाहना र समयको तालमेलले उनलाई समस्याको समुद्रमा लाइफगार्ड बनाएर फ्याँकेको छ। भूतपूर्व प्रम हरुले झैँ आफ्नो प्रतिष्ठा, जनताको बिश्वाश र देशलाई आफु संगै डुबाउने हुन् या पौडेर पार लगाउने हुन् आगामी दिन मा थाहा हुने नै छ। यदि यिनले सहि बाटो समातेनन भने सुजता जस्तालाई भन्दा यिनलाई धेरै सराप्नेछन जनताले । 
बाबुराम!!! देश बिकाश को विगुल त फुकी हेर तिमीलाई साथ दिन तयार हुने युवाहरु लाखौ हुनेछन!! 
****************************
तपाईँलाई कस्तो लाग्छ, आफ्नो बिचार लेख्नुहोला है तल कमेन्टमा!!!!

1 comments:

Friendycalls said...

बल्ल आज (बाबुराम सरकारको लगभग अन्त्यष्टि हुने समयमा) यो ब्लग पढ्ने अवसर पाएँ | यस्तै सोच थियो अधिकाँश नेपालीहरुको.... तर सरकारको अहिलेको पारा देख्दा, यो प्रधानमन्त्रि भन्ने पद नै उस्तो हो भन्ने लागेकोछ | बाबुरामलाइ पनि टिक्न दिएन |

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons