रीस उठ्छ मलाई पनि ..........

MP
एकान्तमा आँशु झार्दै, मनका पीडा धोएको छु
झरी पर्दा भिज्दै मुटु, खन्याएर रोएको छु॥
सधैँ शान्त देखिन्छु म, मनमा ताण्डव चले पनि
तिमीले के सोच्यौ तर, रीस उठ्छ मलाई पनि ॥१॥

कैयौँ पल्ट आफ्नै नजर्, बाट आफैँ खसेको छु
सबै जस्तै काम-क्रोध, लोभ् मोहमा फसेको छु॥
म भित्र नी आँधी चल्छ, घोच्छ-पोल्छ मलाइ पनि
हेर्दा कस्तो देख्छौ तर, रीस उठ्छ मलाई पनि ॥२॥

अरु जस्तै हाड-छाला, मासुले नै बनेको छु
मैले पनि दु:ख छोप्न मनमा खाडल खनेको छु॥
लुकाउँछु, छिपाउँछु, थाहा दिन्न कतै पनि
हाँसिदिन्छु खिस्स तर, रीस उठ्छ मलाई पनि ॥३॥

तिमी पोख्छौ तिम्रो रीस, हल्का भई हाँस्छौ अनि
म पिउँछु मेरो रीस, हाँस्छु विष झैँ पोले पनि॥
रीस रुपि राक्षस बस्छ, तिमी जस्तै म मा पनि
देउता हैन मान्छे नै हुँ, रीस उठ्छ मलाई पनि ॥४॥
           *******

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons