पिउने गर्नु जाती हुन्छ!!

MP
८-९ बर्ष अगाडिको एउटा साँझ याद आयो। भर्खरै PhD शुरु गरेको थिऐँ। नेपाल को नियास्रो त अहिले पनि लाग्छ तर त्यतीबेला त झन् सम्हालि नसक्नु नै लाग्थ्यो। वरपर भएका नेपाली साथि-भाई दिदी-बहिनीहरुले बेला बेला जमघट गरिरहने हुनाले त्यो नियास्रो मेटाउन अलि अलि भए पनि सजिलो हुन्थ्यो।
त्यस्तो भेटघाटको रमाईलो भनेको नै सोमरस र डेढ-अक्कली गफ। गफ को बिषय सधैँ नै नेपालको राजनैतीक समस्याको समाधान खोज्नु, देशको बिकास यसरी हुन्छ - यस्तो गर्नु पर्छ-त्यस्तो गर्नु पर्छ भनेर आफ्नो awesome गुरु योजना सुनाउनु यस्तै यस्तै हुन्थो। पहिलो पटक यसरी भेटघाटमा जाँदाको अनुभव याद आयो र यहाँ सुनाउन मन लाग्यो। 
साँझ ५:०० बजेलाई बोलाएको मा चाँडै नै पुगियो,  ४:५९ सम्म गाडी भित्रै बसेर ठ्याकै ५:०० हुँदा बेल बजाईयो। भरे होस्ट का बुढा-बुढी दुबै शक्ड। बिचरा नाईट ड्रेसमै बिहानदेखि साँझको गेटटुगेदरको तयारीमा लागेका रहेछन्। पकाउने काम भर्खरै सकेर अब मेक अप गर्न लागेकी श्रीमती-होस्ट र किचनमा मोप लगाउँदै गरेका श्रीमान-होस्टले जसो तसो सम्हालिँदै, हामीलाई भित्र लगे। बसुँ न, हामी २ मिनेटमा आउँछौँ भनेर खुत-खुत हाँस्दै कोठातिर लागे। वाईन, बियर, के पिउने भनेर श्रिमान-होस्टले सोधे। हैन पानी पिउने भनियो। साँच्चै? हस, सबै जना आएपछि.... भनेर अपुरो वाक्य बोल्दै उनि काम मा लागे। साँझ ढल्दै गयो अनि ७:०० बजे तिर भएपछि बिस्तारै मान्छे बढ्दै गए। जति जति नयाँ मान्छे थपिए, सबैलाई बताउँदै गईयो, सुनाउँदै गईयो, स्पष्टिकरण दिँदै गईयो। यसरी ......
श्रिमान-होस्ट: 
सबैको हात सजिएको, तिम्रो हात चैँ खालि देख्छु
तातो-चीसो बियर वाईन के पिउँछौ त्यही झिक्छु

मेरो स्पष्टिकरण। अनि होस्ट देखि सबै ईभाईटीको भाव:

के हो यस्तो नखरा पो, गर्छौ तिमी केटी जस्तो
गफै पनि कति दिने ?? साधू-सन्त-मूनी जस्तो!!


अनाडि पो रैछौ साथि, आज सम्म पिएनछौ !
हामि जस्तो हुनु पर्छ, खै तिमी त जिएनछौ
कस्तो आईटम परेछौ नि, हाम्रो ग्रुप मा थपियेको
बिरामी पो छौ कि क्या हो, नत्र किन नपिएको


वाइन भन्या हेल्थी स्टफ, पिउने गर्नु जाती हुन्छ
पिउन थाले हामि जस्तो, स्मार्ट मान्छे साथि हुन्छ
तिमी मान्छे अड रैछौ, जे मन् लाग्छ त्यहि  गर 
वाइन-व्हिस्कीलाई जाँड भन्छौ, पाखे रैछौ कठैबर!!

आज सम्म यो क्रम चल्दै छ, शुरु शुरु मा यस्तो कुराकानी अनि स्ट्रेशफुल लागे पानि अचेल त रमाईलो पो लाग्छ। यो ब्लग ति सबै होस्टहरुमा समर्पीत!
********

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons