'म'

MP
यताको जिन्दगी र उताको सम्झना, दुबैलाई पर पन्छाएर
भागम्-भाग र बेफुर्सदको घेराबाट, एकैछिन निस्कन खोज्दै छु म
जे जहाँ छ त्यो त्यहीँ छाड्दै, निस्फिक्री सुस्ताएर
एकान्तमा घोत्लिँदै, आफैंसँग जिस्कन खोज्दै छु म ॥१॥

बिन्ती छ मनका तरङ्गहरु, एक्लै छाडिदेओ केही क्ष
भोलि त फेरि तिमिहरुकै हुँ, आज एक्लिन खोज्दै छु म
कहिले तन्किंदै त कहिले खुम्चिँदै धेरै बाँचिसकेँ
आज कतै नबाँडिई धेरैपछि 'सिङ्गो म' बन्न खोज्दै छु म॥२॥

एउटा आँखाले उज्यालो र अर्कोले म भित्रैको अँध्यारो हेरेर
जिवनका दुबै पक्ष एकै पटक केलाउन खोज्दै छु म
पाउने र गुमाउनै पर्ने जिवन चक्र देखि बाहिर निस्केर
लेनदेन बिनाको 'म' लाई भेट्न खोज्दै छु म ॥३॥





1 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons