मेरो माया ...

MP
पहिले जस्तो मायाको गित, नलेखेको धेरै भयो
ति आँखामा आँखा राखी, नहेरेको धेरै भयो ॥
मुखले पनि "माया गर्छु", नभनेको देखी तिमी
मनमा कतै नसोच्नु है, मेरो माया घट्यो भनी ॥१॥

समयको छालसँगै, फेरिएझैं देख्यौहोला
बेहोशिमै यदा कदा, तिखो बचन बोलेंहोला॥
नी:रस कुरा मात्र गर्दै, बिरक्तिएको देखि तिमी
मनमा कतै नसोच्नु है, मेरो माया घट्यो भनी ॥२॥

मेरो माया शित जस्तै, अझै पनि झरिलो छ
तिम्रो लागि ज्यान दिने छाती अझै दरिलो छ॥
नसा भरि बगेकी छौ, रगतसँगै मिसीएर
शंका कतै बाँकी रहे, आफ्नै मुटु झाँकीहेर ॥३॥

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons