नेपाल छाडेको ५ बर्ष पुरा भयो। विद्यार्थी जीवन सकियो ब्यबसायिक जिबन शुरु भयो, बच्चा बच्ची भए, सोचाई फेरियो, उद्देश्य फेरियो, नेपाल को सम्झना उस्तै छ, यताको व्यस्तता उस्तै छ। एक्लोपनको महशुस उस्तै छ, हाम्रो समय पनि बित्दै छ सबै प्रवासी को जस्तै।
अहिलेको अपार्टमेन्ट मा बसेको १७-१८ महिना भयो। अनेक रुप रंगका छिमेकी छन्। कहिले उनीहरुले झर्को लगाए कहिले हामीले लगायौं। सानातिना असन्तुष्टि बाहेक खासै केहि समस्या थिएन यो ठाउँ मा। सबै तिर मर्मनहरु छन्, भगवानक सच्चा सन्तान (Sarcasm छैन मेरो यो भनाइ मा)। सके सहयोग नै गरेका छन् नत्र ङिच्च हाँस्छन कुनै दिन असहयोग गरेनन। नेपालमा आफ्नो घर मा जस्तो स्वच्छन्दता त कहाँ मिल्छ र तर गुनासो थिएन।
ज्यनुअरी २४, २०१२ को राति एउटा सानो घटना भयो जसले यो ठाउँ प्रतिको दृष्टिकोण नै परिवर्तन गरायो।