नयाँ वर्ष

MP
आजको दिन सबैतिर नयाँ वर्षको रमझम छ। पुरानो समय सकिएर नयाँ  समय शुरु हुने दिन, नयाँ यूग, नयाँ वर्ष अनेक उपमा र अलङ्कार मा रङ्गिएको छ आजको दिन।
सबैले "आफ्नालाई" खुशीयाली दिनु भनि अह्राएका छन, बिचरो नयाँ वर्ष हरेक सालझैं आज पनि मौन छ, भित्र भित्रै हाँसीरहेछ। उसलाई लाग्दो हो म त के नयाँ छु र, हरेक साल मान्छे पो फेरिएका छन्, आफु भित्रै आफ्नो खुशी र सुखलाई कैद गरेर सबैजना मलाई खुशी ल्याउने आदेश दिन्छन। हजारौं पुस्ताको प्रगती र दुर्गतीका कथाको साक्षी बसेको छ नयाँ वर्ष, यो साल पनि त्यहि गर्दै छ। "हातमा सलाई बोकेर आगो खोज्दै हिंडेझैं"  उसँग खुशी माग्ने मान्छे को जमातलाई हेर्दैछ, मौन हाँसो ले खिल्ली उडाउँदै छ नयाँ वर्ष।
मान्छे जस्तै प्यार्-प्यार् कराउन मिल्ने भए आज नयाँ वर्ष लण्डन, न्यू योर्क टाइम्स स्क्वायर, सिड्नी हार्वोर ब्रिजका फायर वर्क्स देखि हरेक मनुवाको झुपडीमा भाषण छाँट्दै हुन्थ्यो होला "तिमीहरुको खुशीको जिम्मा न मैले आजसम्म कहिल्यै लिएको छु, न कहिल्यै लिने छु, मेरो भर परेर हरेक साल बरबाद किन गर्छौ? साँच्चै खुशी हुनु छ भने यसैसाल होउ, आफैं होउ। तिमी विचरालाई के थाहा, अर्को सालको के भर, तिमीले मलाई देख्छौ कि देख्दैनौ। अब त बुझ!! कसैले कसैलाई दिने हैन खुशी भन्ने कुरो। सबैजना आफु आफु खुशी होउ न, अनि को बाँकी रहन्छ र वेखुशी। जबसम्म तिम्रो मन अँध्यारो हुन्छ, बाहिरको बत्तीले कसरी उज्यालो दिन्छ र तिमीलाई?"

नयाँ वर्षलाई शुभकामना, सबैलाई खुशी भएको देख्न पाओस, "यो साल त अनलक्की परेछ" भनेको सुन्न नपरोस् यसले।

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons