मोहितले निदाउन खोजेको धेरै बेर भईसक्यो। ओल्टे कोल्टे गर्दा गर्दै उ त्यत्तिकै मुसुमुसु हाँस्न थाल्यो। ६-७ कक्षामा पढ्दा को कुराको सम्झनाले उसलाई स्कुले दिनमा पुर्यायो। एकदिन उसका नजिकका १-२ जना साथिले अचानक चस्मा लगाउन थाले। त्यै दिन घर गएर मोहितले पनि बुवा-आमाको अगाडी गर्नु सम्म तमासा गर्यो "आँखा हेर्न गाह्रो भयो, टाउको पनि दुख्छ, ब्ल्याक बोर्डमा लेखेको पनि देख्दिनँ" ….. त्यसै हप्ताको शनिबार बुवाले लगेर आँखा देखाए, मोहितले जानि जानि त्यो उल्टो पाल्टो ABCD लेखेको बत्तिमा हेर्दै तल्लो लाईनको कुनै अक्षर देख्दिन, दुई वटै आँखाले नै देख्दिनँ भनिदियो। आँखाको डक्साब लाई पनि चिट्ठै पर्यो। भोलि स्कुल गएर रबाफ जमाउने स्पष्ट अभिलाषा लिएर मोहित अस्पष्ट दृष्टि दिने चस्मा ढल्काउँदै घर आयो।