यो पटक कुरा केटाकेटीको !

MP
सँगै बस्ने २-४ परिवार समय समयमा भेला हुन्छौँ। यसरी जम्मा हुँदा सबै भन्दा रमाईलो केटाकेटीलाई नै हुन्छ किन भने बाबु-आमा कि त गफ गर्नमा व्यस्त हुन्छन् कि आज एक दिन होस्.... अरुको अगाडि के गाली गर्नु भनेर बच्चालाई फ्री छाडिदिन्छन्। आक्कल झुक्कल भेट हुने साथिहरुसँग खेल्न अनि मनमा लागेको कुरा बाबु-आमाको करकरबिना गर्न पाएपछि के चाहियो!! उनिहरुको निश्छल हाँसोको फोहोरा छुट्छ!
रात पर्‍यो, सबैजना घर फर्केपछि पो थाहा हुन्छ केटाकेटीले कति रमाईलो गरेछन् भनेर! हराईराखेको कुरा भेट्टाईदिन्छन्, सम्हालेर राखेको कुराको पत्‍तोफाँट हुँदैन।
गएको विकएण्डमा २-४ परिवार भेला भएका थियौँ। बिहान उठेर अल्छि लागी लागी घर मिलाउन शुरु गरियो। नानीहरुको प्ले रुम मिलाउन थाल्दा बुढियाले भनिन् .."कस्तो अच्चम!!" शुरुमा त कुरा बुझिएन तर कुरा यस्तो थियो! यी दुई फोटो हेरौँ:



केटाकेटीले खेलौना को के हालत गरे!! खेलौना राख्ने बक्स पुरै खालि थिए, भूईँमा टेक्ने ठाउँ थिएन तर त्यही कोठामा खेलौना देखि २-३ मिटर पर भएको बुक र्‍याक कसैले छुँदा पनि छोएनन्!!
 
२-७ बर्षका ७\८ जना बच्चा जम्मा हुँदा पनि कुनैलाई किताबले तानेन!!
प्रख्यात ग्रीक फिलोसोफर प्लेटोले 400BC मा त्यतीबेलाका नयाँ पुस्तालाई ईङ्गित गर्दै भनेका थिए रे, अब को यो नयाँ पुस्ता के भएको होला, यिनीहरु न त पढ्छन् न त अनुशासित छन्। हामी पछि यो संसारको के गति होला...... हाम्रा केटाकेटीको किताबसँगको दूरी देखेर त्यस्तै केही भन्न मन लाग्यो! तर...... आजको यो विकसीत संसार तिनै प्लेटो पछिका "बिग्रेका" नयाँ पुस्ताले त बनाए!

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons