हरेक बर्ष क्रिसमसको बेला मैले काम
गर्ने कम्पनीले एउटा कार्यक्रम गर्छ। त्यही क्रममा यो सालको जमघट आज साँझ एउटा
ब्राजिलियन रेष्टुरेन्टमा भयो। ईम्प्लोयी र उनिहरुका स्पाउज गरेर त्यस्तै १०० जना
जति थियौँ होला त्यो हलमा। ठुलो हलको एउटा कुनामा ८-१० जनाको कोएरले क्रिसमस केरोल
गाउँदै थियो। खानेकुरा को सुवास र मधूर सङ्गितको लयमा त्यो हल मग्न थियो।
त्यस्तैमा म नजिक बसेको एउटाले भन्यो "Hey guys eat as much as you can. They have been saying
that the world is going to end tomorrow. You never know .... this can be your
last dinner". उसले भनेको कुराको अन्तिम शब्द
मेरो मनमा अड्कियो। Last
Dinner!
फिलिङ्ग कूउउउल
कुरा झण्डै १३-१४ बर्ष जति अगाडि, १९९९ तिरको हो। KEC मा BE पढ्दै थिएँ, साथि श्रीरामसँग मिलेर KEC को पहिलो साहित्यिक बुलेटिन “प्रष्फुटन” निकाल्ने दौडधुपमा लागेको थिएँ। प्रिन्सिपल सरको अन्तर्वार्ताको बारेमा प्रेसवालासँग तुरुन्तै कुरा गर्नु पर्ने भयो तर कलेजको फोन चलेको थिएन। अनि वहाँले आफ्नो कोटको पकेटबाट मोबाईल निकालेर दिँदै भन्नु भयो “ ला ट ला, मोबाईलबातै कुरा गरेर ल्याऊ”। प्रिन्सिपल सरले नै नम्बर डायल गरेर दिनु भयो, फोन गर्न यसो कानमा के लगाएको त फोन धररररर भाईब्रेट गर्न थाल्यो। डरले सातो पुत्लो उड्यो, विशेष गरि फोन बिग्रियो जस्तो लाग्यो। खासमा सरले गर्नु भएको फोन कनेक्ट हुनु अगाडिनै अर्को फोन आएको रहेछ। त्यही दिन थियो पहिलो पटक मोबाईल फोन नजिकबाट देखेको, हातमा परेको अनि मोबाईल फोन भाईब्रेट पनि गर्छ, भन्ने थाहा पाएको। त्यो दिन प्रिन्सिपल सरले भन्नु भएको कुरा निकै घत लागेर होला अझै याद छ '” ह्याँ लाता, फोन आउँडा पनि क्वै डराउँछ? ईन्जिनियर हुने लागेको मान्छेले ट, नयाँ नयाँ तेक्नोलोजी सबै जान्नु पर्छ!!”
Subscribe to:
Posts (Atom)