कुरा झण्डै १३-१४ बर्ष जति अगाडि, १९९९ तिरको हो। KEC मा BE पढ्दै थिएँ, साथि श्रीरामसँग मिलेर KEC को पहिलो साहित्यिक बुलेटिन “प्रष्फुटन” निकाल्ने दौडधुपमा लागेको थिएँ। प्रिन्सिपल सरको अन्तर्वार्ताको बारेमा प्रेसवालासँग तुरुन्तै कुरा गर्नु पर्ने भयो तर कलेजको फोन चलेको थिएन। अनि वहाँले आफ्नो कोटको पकेटबाट मोबाईल निकालेर दिँदै भन्नु भयो “ ला ट ला, मोबाईलबातै कुरा गरेर ल्याऊ”। प्रिन्सिपल सरले नै नम्बर डायल गरेर दिनु भयो, फोन गर्न यसो कानमा के लगाएको त फोन धररररर भाईब्रेट गर्न थाल्यो। डरले सातो पुत्लो उड्यो, विशेष गरि फोन बिग्रियो जस्तो लाग्यो। खासमा सरले गर्नु भएको फोन कनेक्ट हुनु अगाडिनै अर्को फोन आएको रहेछ। त्यही दिन थियो पहिलो पटक मोबाईल फोन नजिकबाट देखेको, हातमा परेको अनि मोबाईल फोन भाईब्रेट पनि गर्छ, भन्ने थाहा पाएको। त्यो दिन प्रिन्सिपल सरले भन्नु भएको कुरा निकै घत लागेर होला अझै याद छ '” ह्याँ लाता, फोन आउँडा पनि क्वै डराउँछ? ईन्जिनियर हुने लागेको मान्छेले ट, नयाँ नयाँ तेक्नोलोजी सबै जान्नु पर्छ!!”
त्यतिबेला NTC ले शुरु गरेको मोबाईल पोस्ट-पेड फोन निकै महँगो थियो। त्यमाथि बिद्यार्थी हुँदा त मोबाईल बोक्ने भनेको आकाशको फल आँखा तरी मर् नै थियो। त्यसको करीब त्यस्तै ५ बर्ष पछि मोबाईल फोन को त लहर नै शुरु भई सकेको थियो। NTC ले भर्खर भर्खर शुरु गरेको प्रि-पेड मोबाईलले शहर पिट्दै थियो। प्रयोग गरे पैसा लाग्ने, नगरे नलाग्ने रे! भनेको सुनिन्थ्यो। काममा वरपरका साथिभाई पकेटबाट घरिघरि फोन निकाल्दै हातमा लिँदै गर्थे, टिँ टिँ रिङ्गटोन बजाउँथे। SMS आयो, SMS गयो भन्थे।
लहैलहै र “म पनि के कम” को जोशमा न्यू रोड पुगेर जिन्दगिको पहिलो मोबाईल फोन किनियो, Samsung X100, मन नै कटक्क हुने गरि रु.५६०० बुझाएर बाहिर निस्कियो!! मन भित्र कता कता I was feeling Cool!!! चल्दै थियो। फिलिङ्ग कूल को कारण थियो पहिलो फोन, त्यो पनि, कलर डिस्प्ले अनि पोलिफोनिक रिङ्ग टोन!! सिम कार्ड थिएन, त्यस्तै २-३ महिना कुरेपछि NTC ले नयाँ लट सिम बाँड्यो अनि बल्ल बल्ल चलाउन पाईयो।
२-३ बर्ष चलाएपछि X100 ह्याङ्ग हुन थाल्यो। अनि सबैले कानमा Ear bud कोचेर FM र गित सुनेको देखेर कुनै बेला Cool फिल गराएको X100 पुरानो लाग्न थालेको थियो। मोटर साईकल चलाउँदा हेडफोन लगाइपछि फोन आउँदा पनि रोक्नु नपर्ने, कुरा गर्दै बाईक चलाउँदै गर्न मिल्ने भनेर अब अर्को फोन किन्न एकदम मन लाग्न थाल्यो। न्यू रोडको मारवाडिले फेरि अर्को फोन बेच्यो, यो पल्ट LG B2070.
हालसम्म पनि NTC सँगको अन्तिम फोन सेट यही LGB2070 नै भएको छ। देश बाहिर हिँड्ने तरखर गर्दै गर्दा मान्छे हरु फोल्डिङ्ग सेट बोक्न थालेका थिए।
फोन उठाउन सेट खोले पुग्ने, बटन थिच्नै नपर्ने, कुरा गरी सकेपछि, प्याट्ट फोन बन्द गरे पुग्ने। शान नै बेग्लै। २००७ मा US आएपछि पहिलो महिनामा फोन किनियो, बिना कुनै सुझ बुझ, फोल्डिङग सेट फ्रि मा दिने रे! के चाहियो। नेपालमा हजारौँ बुझाएर सेट किन्ने बानी लागेकोलाई फ्रिमा पो दियो त झैँ लाग्यो। at&t (त्यतिबेला Cingular) सँगको पहिलो सेट थियो SGH-C417 हेर्दा टुप्पीवाला भएपनि यो फोन निकै बलियो रहेछ। भर्खरै ४-६ महिना अघि, फोन बिग्रँदा पनि यसले निकै काम दियो।
IBM ले १९९२ मा Simon भन्ने संसारकै पहिलो टच स्क्रिन फोन बनाएको १७ बर्ष पछि मैले मेरो पहिलो टच स्क्रिन फोन लिएँ, LG-Vu CU 920. यो फोनमा त फिजिकल कि बोर्ड नै छैन!!। बबाल ठुलो डिस्प्ले छ। यस्तै थिए यो फोन का बिशेषताहरु जसले मलाई Feeling Cool गराउँदै गयो।
त्यतीबेला यो भन्दा कूल फोन नभएका होईनन्। तर स्मार्ट फोनको लागि महिनाको १५-२० डलर तिरेर ईन्टरनेट पनि Subscribe गर्नै पर्ने भएपछि घाँटि अनुसारको हाड यहि LG Vu नै भयो। छोरीलाई Swimming सिकाउन Pool मा जाँदा प्यारो फोनलाई पनि सँगै लगिएछ र यो फोन सधैँका लागि निदायो।
हरेक २ बर्षमा at&t सँग कन्ट्र्याक्ट रिन्यु गर्दै नयाँ फोन लिँदै को शिलसिला चलिनै रह्यो।
Android ले फोनको दूनियाँ हल्लाएको बेलामा मेरो पनि iPhone भन्दा Android तिरै आँखा गयो। २०११ मा रिन्यू गर्दा "राम्रो" फोन किन्ने लहडमा Samsung Captivate सँग दोस्ती शुरु भयो। पिताजी US आएको बेला थियो, बाउछोरा ३ पटक स्टोर जाँदै महँङ्गो भयो भन्दै फर्कँदै गरेर चौँथो पटकमा Captivate लिएरै छाडियो।
Android ले फोनको दूनियाँ हल्लाएको बेलामा मेरो पनि iPhone भन्दा Android तिरै आँखा गयो। २०११ मा रिन्यू गर्दा "राम्रो" फोन किन्ने लहडमा Samsung Captivate सँग दोस्ती शुरु भयो। पिताजी US आएको बेला थियो, बाउछोरा ३ पटक स्टोर जाँदै महँङ्गो भयो भन्दै फर्कँदै गरेर चौँथो पटकमा Captivate लिएरै छाडियो।
Unlimited Customization, Huge Display, Latest Android os, Fast processor and powerful hardware, Finger tips मा Internet….अनि त पहिले नै भनेझैँ "कूल" फोन हातमा परेपछी I once again felt Cool!!!
Android OS को ब्युटी के हो भन्ने मैले यसै फोनबाट थाहा पाएँ। बटनहरु नचले पनि यो फोन अझै पनि सुरक्षित छ। बेला बेला Android को नयाँ Version install गरेर चलाउँछु।
Thanksgiving मा आउने Sale कुर्दा कुर्दै एक जना साथिले ल है Samsung Galaxy S3 पनि सेल मा छ भन्नु भयो। २०१३ को रिन्यु गर्दा Captivate लाई S3 सौता हाल्ने सल्लाह भयो। बुढा-बुढी दुबैले S3 लिने भनेर अर्डर गरियो walmart.com मा, तर आफ्नो आँखा चाहीँ भर्खरै रिलिज भएको Samsung Galaxy Note II मा गडेको थियो। Note II लाई $300 पर्ने अनि S3 लाई सेलमा आउँदा $20 पर्ने। उस्तै उस्तै सुबिधा भएको फोनमा बेकार त्यत्रो पैसा हालेर Note II किन्नु ठिक लागेन, Walmart ले Note II सेलमा राखेन।
Thanksgiving को भोलि पल्ट त ओहो Note II पनि सेल मा आएछ। अनि त के र बल्ले बल्ले भई हाल्यो। बुढीले पनि S3 छाडेर Nokia Lumia 920 किनिन्।
अहिले हात मा Note II छ। शुरुमा साथिभाईले फोन\SMS नआउँदा पनि फोन झिक्दै हेर्दै गरेझैँ Note II सँग गहिरो दोस्ती शुरु भएको छ। बुढियाले त Captivate लाई नै "कान्छी" भनि सकिन् अब यसलाई के भन्छिन् हेर्न बाँकि छ!!
अहिले हात मा Note II छ। शुरुमा साथिभाईले फोन\SMS नआउँदा पनि फोन झिक्दै हेर्दै गरेझैँ Note II सँग गहिरो दोस्ती शुरु भएको छ। बुढियाले त Captivate लाई नै "कान्छी" भनि सकिन् अब यसलाई के भन्छिन् हेर्न बाँकि छ!!
यो कुराकानी मेरो मोबाईल फोनको रामकहानी सँगसँगै यो गएको ९-१० बर्षमा सेल्युलर फोन मा आएको परिवर्तनको सँगालो पनि हो। कलर डिस्प्ले को फोन हातमा हुँदा गरेको कूउउल फिल अहिले यो लेख्दा सम्म Note II लिएर कूउउल फिल गर्ने अवस्थामा आएको छ।
मैले घरमा चलाउने ल्यापटप भन्दा Powerful processor र storage भएको यो Note II, at&t सँगको यो कन्ट्र्याक्ट २०१५ मा रिन्यू गर्दा पुरानो न पुरानो र झल्लु फोन मा परिणत हुने त निश्चित नै छ। यो डिजिटल इनोभेशनको ट्रेण्ड यस्तै हुने हो भने हाम्रा भुराभुरी ले बोक्ने ईलेक्ट्रोनिक ग्याजेट कस्ता होलान! अहिलेका यस्ता Wow Device शायद त्यतिबेला अहिले Cassette Reel र Film Camera (रिल हाल्ने) विलीन भए जस्तै बुढा-पुरानाका मस्तिष्कमा मात्र सिमीत होलान्।
0 comments:
Post a Comment