जाडो सकिने तरखरमा छ! हिउँले पनि बिदा माग्दै छ वसन्त ऋतु आउँदै छ। चिसो र चिप्लो नहुँदो हो त हिउँको सौन्दर्य झन् कति बढ्थ्यो होला। शान्त आकाशबाट सिमलको भूवा झैँ झर्दै पात बिहीन रुखका हाँगामा सेतो फुलझैँ सजिँने हिउँको सौन्दर्य बयान गर्नलाई शब्द कम हुन्छन्। यो सौन्दर्य त आफ्नै आँखाले अनुभव गर्नुपर्छ। अझ हिउँ झार्दै गरेको आकाशमा हेर्दा हिउँका कणहरुले अनुहारमा छुँदै जसरि झस्काउँछन् त्यो अनुभव त अलौकिक नै लाग्छ मलाई। तर हिउँलाई यो सौन्दर्य दिएर पुगेन प्रकृतिलाई, चिसो पार्न मन लाग्यो अनि चिप्लो पार्न मन लाग्यो।
यहि हिउँ सकिनै लागेको बेला छोरीले स्कुलबाट एउटा किताब ईनाम पाएर ल्याईन्। किताबको नाम थियो Sadie and the Snowman. Allen Morgan ले 1985 मा लेखेको किताब थियो। छोरीकोलागि यो किताब पढ्दा एउटा रमाईलो अनुभव भयो किन भने हामिले सानो छँदा पञ्चतन्त्रका कथा अनि लोककथाहरु पढेको याद आयो। हरेक कल्चर र कम्युनिटीमा बाल-बच्चालाई नैतिक शिक्षा यस्तै कथाहरु मार्फत सिकाईने रहेछ। एउटा सामान्य कथाबाट जीबनको कति महत्वपुर्ण पाठ सिकाएको छ यो किताबले पनि।
जाडोको एक दिन स्याडी आफ्नो आँगनमा स्नोम्यान बनाउँछे। Cookie ले आँखा बनउँछे, स्याउले नाक र ठुलो केराले Smile बनाईदिन्छे। राम्रो स्नोम्यान बन्छ, निकै दिन सम्म टिक्छ। तर केहि दिन पछि नै चराहरुले आँखा खाईदिन्छन्, लोखर्केले नाक खाईदिन्छ, रकुनले Smile खाईदिन्छ। त्यतिले पुग्दैन, घाम लागेर स्नोम्यानलाई पगालिदिन्छ र अब त स्याडीको स्नोम्यान, स्नोम्यान जस्तो पनि रहँदैन। केहिदिन मा फेरि हिउँ पर्छ। स्याडी पुरानो स्नोम्यानको बचेखुचेको हिउँ सँगाल्छे र नयाँ हिउँ मिसाएर फेरि नयाँ स्नोम्यान बनाउँछे। फेरि चरा, लोखर्के, रकुन र घाम मिलेर उसको स्नोम्यान बिगार्छन्। जति पटक हिउँ पर्छ स्याडी स्नोम्यान बनाई रहन्छे। बिस्तारै गर्मी लाग्न थाल्छ, हिउँ धेरै बाँकी रहँदैन। एकदिन परेको अलिकति हिउँ बटुलेर स्याडी फे रि स्नोम्यान बनाउँछे। यसपटक उ सानो स्नोम्यान बनाउँछे, किसमीस (Resin)ले आँखा बनाउँछे, बदामले नाक बनाउँछे र सानो क्यान्डीले Smile बनाउँछे। सानो भएकोले त्यसलाई स्याडी एउटा भाँडोमा राख्छे। चरा, लोखर्के र रकुनले त्यो सानो स्नोम्यानलाई फेरि बिगारिदिन्छन। घाम बाट जोगाउन स्याडी त्यो स्नोम्यानलाई छाप्रो हाल्छे, हावाले छाप्रो उडाउँछ र अन्त्यमा उसको सानो स्नोम्यान पुरै पग्लेर पानी हुन्छ। हिउँ पर्न पनि छोडेकोले अब स्नोम्यान बन्दैन भन्ने बुझ्छे र स्याडी त्यो स्नोम्यान पग्लेर बनेको पानीलाई एउटा प्लास्टिक मा हालेर फ्रिज गर्छे। बसन्त को आगमन सँगै स्याडीको स्नोम्यान प्रतिको मोह पनि कम हुन्छ। उ बाहिरको हरियोमा रमाउँछे किन भने उसलाई फेरि Winter आउँछ भन्ने थाहा छ।
ऋतुहरु बित्दै गए र फेरि Winter आउँछ हिउँ पर्छ। स्याडी पोहोर साल साँचेको हिउँ फ्रिजरबाट निकाल्छे। पुरानो हिउँलाई नयाँ हिउँमा मिसाउँदै फेरि नयाँ स्नोम्यान बनाउँछे, फेरि पहिले जस्तै सजाउँछे। फेरि उस्को राम्रो स्नोम्यान बन्छ धेरै दिन सम्म टिक्छ।

कथा पढिसकेपछि छोरीलाई कथा कस्तो लाग्यो भनेर सोधेँ। उसको उत्तर थियो "Sadie is a good girl huh baba!! She loves her snowman so much!! उसको उमेर अनुसारको बुझाई मन पर्यो। तर आफुलाई चाहीँ जीबनको कति ठुलो यथार्थ लुकेको यो कथामा झैँ लाग्यो। मैले स्याडीको स्नोम्यानलाई मानिसका सपना\चाहना सँग तुलना गरेँ।
हामी जीबनमा कति सपना सजाउँछौँ, अनेक बाधा-व्यबधानहरुले ति सपना टुक्र्याईदिन्छन। पुराना चोट भुल्दै अनि पुराना सपनाका अवशेषहरु सँगाल्दै अरु सपना सजाउँछौँ, त्यसमा रमाउँछौँ, ति सपना पनि फेरि टुट्छन। कति सपना पुरा नहुने देखपछि, तिनलाई मन भित्र साँच्छौँ यो आशामा कि कुनै दिन त यि सपनाहरु अवश्य पुरा हुन्छन। यसरी सपना देख्ने, सजाउने, तिनलाई जोगाउने र पुरा गर्ने प्रयत्नको नाम नै शायद "जीन्दगी" होला!!
0 comments:
Post a Comment