Nepali Songs Lyrics

MP
यी गीतहरु यिनका श्रस्टा र सम्पुर्ण नेपाली संगीत प्रेमीहरुमा समर्पित

आँखा छोपी नरोउ

(आँखा छोपी नरोउ भनि भन्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ ) 2

(भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन) 2
वाचा छिटै आउछु भनि गर्नु पर्‍या छ
मुटु माथि ढुंगा राखि हाँस्नु पर्‍या छ

(छातीभरि गाँउ-बेशी पखेरीको छाँया
आखाँभरि मेलापात मायालुको माया) 2
आफैलाई छाडी कतै जानु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

(भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो) 2
कुलचिएर आफैलाई हिड्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ
____________________ [ Return to Top ] ________________________________________

केहि मिठो बात गर

(केहि मिठो बात गर 
रात त्यसै ढल्किँदै छ ) --२
भरे फेरी एकान्तमा 
रुनु त छँदै  छ 
केहि मिठो बात गर 
रात त्यसै ढल्किँदै छ
(रमाईलो कुरा गर 
सपनाको कुरा गर ) -- २ 
( सँग सँगै  बिताएको 
सम्झनाको कुरा गर)  - २ 
दु:ख छोड, दु:खलाई त
जिन्दगानी छँदै  छ 
भरे फेरी एकान्तमा 
रुनु त छँदै  छ 
केहि मिठो बात गर 
रात त्यसै ढल्किँदै छ
(आऊ नाँचौं अँध्यारोमा 
जूनकिरी नाँचे  जस्तै )  -- २ 
बतासमा उडौ आज 
(सिमलको भुवा जस्तै)  -- २ 
दुई कदम साथ हिँडौँ 
छुट्टिनु त् छँदै  छ 
भरे फेरी एकान्तमा 
रुनु त छँदै  छ 
केहि मिठो बात गर 
रात त्यसै ढल्किँदै छ
____________________ [ Return to Top ] ________________________________________

अल्झेछ क्यारे पछ्यौरी

(अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा )२
बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
(आउँथ्यो कि चेली भनेर आमा दोबाटो धाई की )२
तीजमा पनि बिर्सिछ क्यारे गरिब माईती
(सल्ला झैं आमा... सुसाई रहिन् )२ एक्लै कोठामा
(अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा )२
(छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा )२
भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
(त्यहि आँशु टिका... पठाईदिऊँ कि )२ सालको पातमा
(अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा )२
(भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
(दिनभरी काग... कराई रह्यो)२ बेलको ठुटामा
(अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा )२
बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
____________________ [ Return to Top ] ________________________________________

मलाई नसोध

(मलाई नसोध कहाँ दुख्छ घाउ) २
म जे छु  ठिकै छु, बिथोल्न न आउ
मलाई नसोध कहाँ दुख्छ घाउ
मेरो जिन्दगीमा सधैँ यो उदासी
सकेकै छु जिउन कहिल्यै न हाँसी
मेरो चाहना हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी न हाँसे पो दुख्छ
मेरो घाउ तिमी न हाँसे पो दुख्छ
यसैले म भन्छु तिमी …. मुस्कुराउ

कतै विरानीमा हराएँ भने म
कतै वेहोशिमा कराएँ भने म
मेरो प्राप्ती त्यही त्यति ठाने पुग्छ
मेरो घाउ तिमी न हाँसे पो दुख्छ
मेरो घाउ तिमी न हाँसे पो दुख्छ
अँध्यारोमै छोड दियो ……… नजलाउ
मलाई नसोध कहाँ दुख्छ घाउ
____________________ [ Return to Top ] ________________________________________

म त लालि गुराँस भएछु

म त लालि गुराँस भएछु
बनै भरि फूली दिन्छु
मनै भरि फूली दिन्छु
फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु
खुशी मात्र कहाँ हुन्छ, पिरमा पनि फूली दिन्छु
हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु
लाइ दिने कोही भैदिए, सिउदो भरि फूली दिन्छु
म त लालि गुराँस भएछु
बनै भरि फूली दिन्छु
मनै भरि फूली दिन्छु
____________________ [ Return to Top ] ________________________________________

मलाई माफ गरिदेउ

मलाई माफ गरिदेउ मेरा लोभी नजर
कहीं कसैमा डुबेछ भने
म त खोजीरहेछु हरेक चेहेरामा
मेरी सपनाकि एक प्रियसी मायालु
उ आँउछे सधैं म निदाएको बेला
अनि बस्छे मेरो छातीमा
उ साट्छे सधैं मेरा पिरहरुसित
उसका मिठा मिठा भावना
मलाई माफ गरि देउ मेरो प्रेमको कुरा
कही कसैलाई बिझेछ भने
म त खोजीरहेछु हरेक चेहेरामा
मेरी सपनाकि एक प्रियसी मायालु
उसको आँखा र ओठ मेरो रोदीघर हो
उसको छाती मेरो बास हो
उसको आँशु बर्षा उसको सुस्केरा शिशीर
उसको मुस्कान मेरो मधुमास
मलाई माफ गरिदेउ मैले मृगतृष्णा
कहीं कसैमा देखेछु भने
म त खोजीरहेछु हरेक चेहेरामा
मेरी सपनाकी एक प्रियसी मायालु
____________________ [ Return to Top ] ________________________________________

प्रियसीका यादहरु

प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरें
प्रियसीका यादहरु
जीवन यहाँ जताततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै
प्रियसीका यादहरु
सम्झनाका छाँयाहरु छाती भरि धुंवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुंवा जस्तै
वास खोज्दै उडी हिड्ने सिमलको भुवा जस्तै
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
प्रियसीका यादहरु
____________________ [ Return to Top ] ________________________________________

यति चोखो यति मिठो

(यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा ) 2
(मेरो सारा जिवन सबॆ तिमीलाई
मिठा मिठा क्षनहरु सबॆ तिमीलाई) 2
मेरो खुशि मेरो सुख सबॆ सबॆ तिमीलाई
यति चोखो
(आखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु) 2
सधॆ सधॆ तिमी मेरी माया बनि आउनु आउनु
यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा
____________________ [ Return to Top ] ________________________________________

यती धेरै माया दिई

(यती धेरै माया दिई  
मन भरी दुख नदेउ ) २
बाटो वर पर फुल्ने
पलास टिपी सिरमा नलाउ
यती धेरै माया दिई  
(जो भाज्ञ्यमा कोरिएका
सुख दुख स्विकार्छन ) २
केही तिता पल
केहि मिठा पल
सबै सबै स्विकार्छन
ई हातहरु प्रसस्त छन
भो सान्त्वना मलाई नदेउ
यती धेरै माया दिई  
(यो बाटोमा कती काँडा
कती फुल टिपी हिँडे ) २
कती पराई आफ्ना देखे
कती आफ्ना पराई भेटे
यो जिन्दगीको मोडमा
भो साहरा मलाई नदेउ
(यती धेरै माया दिई  
मन भरी दुख नदेउ ) २
बाटो वर पर फुल्ने
पलास टिपी सिरमा नलाउ
यती धेरै माया दिई  
____________________ [ Return to Top ] ________________________________________

तिम्रो त्यो हँसिलो मुहारको

तिम्रो त्यो हँसिलो मुहारको
झझल्को जब आउँदा
बिछोडका कुरा बल्झिन थाल्छन्
तिम्रो तस्विरले चित्त बुझाउँदा
सजायँ मैले भोग्नु नै पर्छ
विश्वास गर्नाले
परायालाई
आफन्त ठानी
मुटुमा राख्नाले
मेरो त्यो पवित्र प्यारको
कल्पना जब गर्दा
आँशुका धारा बहन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
लागेको चोट यो छाति भित्र
कसरी सहनु
हारेको मैले
मै रोई बस्छु
तिमी चाहिँ नरुनु
मेरा ती जीवनका कथाहरु
अपुरो गरेर जोड्दा
यी आँखा मेरा टोलाउन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
____________________ [ Return to Top ] ________________________________________


बनै खायो डँढेलोले

बनै खायो डँढेलोले मनै खायो त्यै मोरीको पापी मायाले…………
बनै खायो डँढेलोले मनै खायो त्यै मोरीको पापी मायाले…………

आधा राति ब्युँझि‍एर जाउँ जाउँ लाग्छ, डाँफेसरी बेग हानेर
भोक पनि छैन मलाई तिर्खा पनि छैन, मन बुझाउने के पो गरेर
खोला सुक्यो खडेरीले, यो ज्यान सुक्यो बैगुनीको आशै आशाले
बनै खायो डँढेलोले मनै खायो त्यै मोरीको पापी मायाले

हँसाई मै लस्कियो कि बरै आँखा मेरो, त्यो मायाको चन्द्र वदन
परेलीमै अल्झियो कठै मुटु मेरो, कति राम्रो बोलि वचन
बालि लग्यो असिनाले जोबन लग्यो बैमानीको झिल्के मायाले
बनै खायो डँढेलोले मनै खायो त्यै मोरीको पापी मायाले…………

____________________ [ Return to Top ] ________________________________________

त्यो आँखाले लौन मलाई मार्यो

त्यो आँखाले लौन मलाई मार्यो
त्यो बोलीले लौन लाटो पर्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ
आफैसित साँझ बिहान गुनासोमा पोखाइरहेँ
कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ
जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ
कलेजी समाउनेले नै मार्यो
मलाई हेरी टोल्याउनेले मार्यो
रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन
परेलीको भाषा हुन्छयो पनि त  थाहै थिएन
आँखा आँखा जुझिदिन्छ मुटु मुटु अल्झिदिन्छ
यस्तो पनि हुँदो रहेछयस्तो मलाई थाहै थिएन
घुम्टोबाट चियाउनेले नै मार्यो
झझल्कोमा  आउनेले नै मार्यो
____________________ [ Return to Top ] ________________________________________

टाढा टाढा जानू छ साथी

टाढा टाढा जानू छ साथी एकफेर हाँसिदेऊ
छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेऊ
यो फूलबारी उजाडिएला केहि छिन बसेथ्यौं
बहानै सही आँखामा आँशु लिएर रोएथ्यौं
कहीँ गएर अल्मलिएर भूलेर बसौंला
कहिलेकाहिँ संझना आए रोएर टारौंला
____________________ [ Return to Top ] ________________________________________

कल्पनाको गगन

मुस्कुराउने चन्द्र बन न
कैले होला त्यो दिन
जब होला मीठो मिलन
साउने झरी कुर्ली कर्ली भदौ पनि लाग्यो
लाग्छ शरद हट्छ बादल किन्तु आँशु झरी भै रह्यो
आँशु कैले थामिने मनको घाउ कैले पलाउने
पीर लिई दुब्लाएर छैन भोक निंद्रा
खोक्रो जस्तो शरिर भई छियाछिया मन भो होला
रुँदी होली बसेर मनको पीर एक्लै गाएर
बन्धनको क्यानरीले गाउँछ मीठो गीत
सुखी छ कि दुखी छ त्यो थाह कस्ले पाउन सक्छ र
देख्छन् सबले हाँसेको देख्छ कल्ले मन जलेको
____________________ [ Return to Top ] ________________________________________

तिमीले त होइन

तिमीले त होइन तिम्रा भाकाहरुले
मेरो मुटु छोइसकेछन्
मैले पनि होइन मेरा आँखाहरुले
तिम्रो लागि रोइसकेछन्
त्यसै त्यसै कस्तो गाढा
माया बसेको
धुँदा पनि जाँदै नजाने
माया भन्ने यस्तो हो कि मलाई मात्र यस्तो
रुँदा पनि जाँदै नजाने
एकोहोरो माया हो कि के भनेर सोधूँ
मलाई पीर पर्नु पर्यो नि
सपनीमा त्यति गाढा
बिपनीमा टाढा
यो मायाले गर्नु गर्यो नि
____________________ [ Return to Top ] ________________________________________

घुम्तीमा न आउ है 

घुम्ती मा न आउ है
आँखा तिमी जुधाउन -२
बाँधिए माया फेरि
गाह्रो हन्छ फुकाउन, फुकाउन
घुम्ती मा न आउ है
भोलि जब हुन्छौं हामी
हो…. हामी
एक अर्को सङ्ग टाढा, टाढा
फुल जस्तो माया पनि
बिझाउने बन्छ काँडा, काँडा
सुस्केरामा रात बित्छ
सकिँदैन निदाउन, निदाउन
घुम्ती मा न आउ है
बतासमा उडि
हो….. उडि
आउँछ, गित मुटु छुन, छुन
एक दिन दु:खी बनी
पर्ला प्रित सम्झि रुन, रुन
आउँदैन आँगनिमा
पापी जून चिहाउन, चिहाउन
घुम्ती मा न आउ है
आँखा तिमी जुधाउन -२
बाँधिए माया फेरि
गाह्रो हन्छ फुकाउन, फुकाउन
घुम्ती मा न आउ है
____________________ [ Return to Top ] ________________________________________

तिमीलाई अचेल कहाँ भेटुँ

तिमीलाई अचेल कहाँ भेटुँ
पहरामा भेटुँ या छहरामा भेटुँ
कि दिल हर्ने त्यो फुलको
लहरामा भेटुँ
तिमीलाई अचेल कहाँ भेटुँ
अधरमा खुल्ने गित हौ तिमी
नजरमा भुल्ने प्रित हौ तिमी
तिमीलाई मीठो धुन मा सुनुँ
तिमीलाई उजेलो जूनमा देखुँ
तिमीलाई अचेल कहाँ भेटुँ
नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै निँदमा खलबल
दुबैका तिर्खा कहँनेर मेटुँ
अघाउन्जेल हेर्न दोबाटोमा भेटुँ
तिमीलाई अचेल कहाँ भेटुँ
____________________ [ Return to Top ] ________________________________________

तारा मात्रै हैन तिमीलाई

(तारा मात्रै हैन तिमीलाई
जूनै दाईजो दिईदिउँला
माग तिमी तिमीलाई मेरो
जिन्दगी नै दिईदिउँला )२
(तिमीलाई मेरो...)२
झिलीमिली आकाश नै ओढाउँला
त्यो पाऊमा रंगीचंगी बसन्त चढाउँला
तिमीले पाऊ टेक्ने ठाउँमा शितका थोपा छरि दिउँला
तिमीले सास फेर्ने ठाउँमा
सुवासले भरि दिउँला
तारा मात्रै हैन तिमीलाई
जूनै दाईजो दिईदिउँला
माग तिमी तिमीलाई मेरो
जिन्दगी नै दिईदिउँला
(तिमीलाई मेरो...)२
मुटुको यो ढुकढुकीले जगाउँला
ती नशामा जोवनको मधुर धारा बगाउँला
सुकुमारी तिम्रा ओठ ति ओठमा संगालुँला
तिमीलाई न्यानो न्यानो अंगालोमा म अंगालुला
तारा मात्रै हैन तिमीलाई
जूनै दाईजो दिईदिउँला
माग तिमी तिमीलाई मेरो
जिन्दगी नै दिईदिउँला
____________________ [ Return to Top ] ________________________________________

पुर्णिमाको रात पनि

पुर्णिमाको रात पनि, औँशीको झै लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो, कुन पापीले रंगाईहाल्यो
कुन पापीले रंगाईहाल्यो, कुन पापीले रंगाईहाल्यो, कुन पापीले रंगाईहाल्यो
मेरो बस्ती उजाड पार्ने, कस्तो भेल आएको त्यो
मेरो बस्ती उजाड पार्ने, कस्तो भेल आएको त्यो
तिम्रो दोस होइन सुन, मेरै भूल भएको थियो, मेरै भूल भएको थियो
एक्लै भए जस्तो लाग्छ, ठुलो सहरमा आज
एक्लै भए जस्तो लाग्छ, ठुलो सहरमा आज
तिम्रो प्रेमी ज्युदै मर्यो, यो संसारमा आज, यो संसारमा आज
सलाईको काँटी जस्तै, यो अभागी जल्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो, कुन पापीले रंगाईहाल्यो
कुन पापीले रंगाईहाल्यो, कुन पापीले रंगाईहाल्यो, कुन पापीले रंगाईहाल्यो
____________________ [ Return to Top ] ________________________________________

चिसो चिसो हावामा 

चिसो चिसो हावामा 
त्यसै मन बरालिन्छ 
के भो आँधि रातमा
यो मन तिमिलाई नै खोज्दछ 
चिसो चिसो हावामा
त्यसै मन बरालिन्छ 
(उकालीको दोबाटो, पाइला तिम्रैतिर लम्कन्छ)२
(झ्यालबाट हेरेको तिमीले )२ 
झझल्को आँउदछ 
के भो आँधि रातमा
यो मन तिमिलाई नै खोज्दछ 
चिसो चिसो हावामा
त्यसै मन बरालिन्छ
(लुकीचोरी खेलेको,देउरालीमा पाखामा)२ 
(डाँडामा बसी कुरेको)२ 
झझल्को आँउदछ 
के भो आँधि रातमा
यो मन तिमिलाई नै खोज्दछ 
(चिसो चिसो हावामा, त्यसै मन बरालिन्छ)२
____________________ [ Return to Top ] ________________________________________

रातो रानी फुले झैँ  साँझमा

रातो रानी फुलेझैं साँझमा - २
तिमी फ़ुल्यौ कलेजी माझमा 
मनको रहर 
कान्छीलाई घुमाउने काठमाडौँ शहर - २ 
(सिन्दूर दिउँला पोते दिउँला माया भाकेर 
चन्द्र जस्तो तिम्रो मुहार दिलमा राखेर) - २ 
म त आएँ मायालाई सम्झेर 
माया लाइदेउ तिम्रै हो भनेर 
मनको रहर 
कान्छीलाई घुमाउने काठमाडौँ शहर - २ 
(लाली गुराँस बनै भरि बनै रमाईलो 
तिमी पाए जिन्दगीमा मनै रमाईलो ) -२ 
म त आको नौ डाँडा काटेर 
कान्छी तिमिलाई मोटरमा राखेर 
मनको रहर 
कान्छीलाई घुमाउने काठमाडौँ शहर - २ 
____________________ [ Return to Top ] ________________________________________

आगे आगे तोपैको गोला

(आगे आगे तोपैको गोला 
पछि पछि मेशिन गन बररर ) -२ 
(सिगरेट नदेउ म बिंडी खानेलाई 
माया नदेउ म हिडी जानेलाई ) -२ 
(आगे आगे तोपैको गोला 
पछि पछि मेशिन गन बररर ) -२ 
(उकालिको चिसो पानी 
खाइजाउँ खाइजाउँ लाग्छ) -- २ 
माथ्लो घरको तरुनीलाई 
लैजाउँ लैजाउँ लाग्छ 
(आगे आगे तोपैको गोला 
पछि पछि मेशिन गन बररर) -- २ 
(सिगरेट नदेउ म बिंडी खानेलाई 
माया नदेउ म हिडी जानेलाई) -- २ 
(आगे आगे तोपको गोला 
पछि पछि मेशिन गन बररर) -- २ 
(त्यहिँ  तल सिम्सारैमा 
दूम्सी लुक्ने दुलो) -- २ 
बल्ल बल्ल पा'को छोरो 
टाउको मात्र ठुलो
(आगे आगे तोपैको गोला 
पछि पछि मेशिन गन बररर) -- २ 
(सिगरेट नदेउ म बिंडी खानेलाई 
माया नदेउ म हिडी जानेलाई) -- २ 
(आगे आगे तोपको गोला 
पछि पछि मेशिन गन बररर) -- २ 
____________________ [ Return to Top ] ________________________________________

चलेछ बतास सुस्तरी

(चलेछ बतास सुस्तरी मनै सरर
हो 
भरोसा छैन जिबनको बिताउन हाँसेर ) -- २ 
(कहिलेमा काहीँ रमाइलो हुन्छ
भेटघाट हुँदामा ) --
छातीको ज्वाला नमेट्दो रैछ
बसेर रूँदामा
हो हो
बसेर रूँदामा
(चलेछ बतास सुस्तरी मनै सरर
हो हो 
भरोसा छैन जिबनको बिताउन हाँसेर ) -- २
(बिहानी हुन्छ उदाउँछ घाम 
साँझमा डुब्छ रे ) -- २ 
हिजोको वाला आजको जोवन 
भोलि त गुम्छ रे 
हो हो 
भोलि त गुम्छ रे 
(चलेछ बतास सुस्तरी मनै सरर
हो 
भरोसा छैन जिबनको बिताउन हाँसेर ) -- २ 
____________________ [ Return to Top ] ________________________________________

1 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons