Love, प्रेम, माया… etc

MP
कामको सिलसिलामा Hydrophilic भन्ने शब्दको अर्थ गुगल गर्दै थिएँ। यस्तैमा Wikipedia को यो लिङ्कमा  पुगेँ र त्यहाँ भएको Love शब्दको परिभाषामा ध्यान गयो, जसमा लेखिएको छ -
Love is an emotion of a strong affection and personal attachment. Love is also said to be a virtue representing all of human kindness, compassion, and affection —"the unselfish loyal and benevolent concern for the good of another". Love may describe compassionate and affectionate actions towards other humans, one's self or animals.”   

Love को नेपाली अनुवाद त माया, प्रेम, स्नेह यस्तै होला। आमाबाबुले बच्चालाई गर्ने प्रेम, दाजु भाई दिदी बहिनीको प्रेम, साथी-सँगाती बीचको प्रेम… अनगिन्ती रुप छन् मायाका। उमेर-उमेर अनुसार यो प्रेम को रुप पनि बदलिँदो रहेछ। माया\प्रेम शब्दको बयान गर्ने हिम्मत गर्दिनँ म, भावुक कवि\कवयत्रीकै जिम्मा त्यो काम! यी सबै गहन कुरा छाडेर मैले गर्न खोजेको कुरा चाहीँ ८-९ क्लास पढ्न थाले पछि शुरु हुने प्रेमरोग अर्थात “लभ” को हो।आफु जन्मी हुर्केको Social Circle देखि धेरै टाढा बसेर होला, कसको के हुँदै छ भन्ने उत्सुकता मेटाउन फेसबुक ले धेरै सहयोग गर्छ। ५-७ बर्ष कि मेरी भान्जीदेखि मेरो बाजे पुस्ताका मान्छेसम्मको फेसबुक अपडेट चिहाउँछु बेलाबेलामा। यस्तैमा फेसबुक वालमा देखिने माया प्रेमका कहानिहरुमा केही लेख्न मन लाग्यो।
जवान हुँदै जाँदा विपरितलिङ्गी (सामान्यत:) प्रति आकर्षित हुने गरि डिजाईन गरिएका मानव जातिले आफुसँगैका केटा वा केटीलाई पछ्याउनु, मन पराउनु नौलो कुरा भएन। तर जब ९ कक्षा पढ्ने एउटा केटोले फेसबुमा पब्लिकली “अब यो लाईफ त तिम्रै नाम हो बेबी। तिमीलाई पाउन सकिन भने म जे पनि गर्न सक्छु” भनेर लेखेको देख्छु, तब तिन छक खान्छु। अर्की एउटी नानी छिन, अहिले शायद दश कक्षामा छिन् क्यार, उनले आफ्नो वालमा लेखिन् “आज SMS पठाको छु। उसको तर्फबाट Yes भए ५ बजे छतमा आउनु भनेको छु। आज ५ कसरी बजाउने होला। केही गरि आएन भने म कसरी बाँच्छु होला!” 
यी दुई पोस्टहरु कुनै दिन फेसबुकमा देखिएका पोस्टको हुबहु नेपाली अनुवाद हुन्। यस्ता पोस्टहरु अहिले ९\१०, ११\१२ क्लास पढ्दै गरेका जमातहरुको “लभ” म्यानियाँका झलक मात्र हुन्। बेला बेलामा एउटाले अर्कोलाई तारिफ गर्ने, गाली गर्ने, उपदेश दिने, धम्की दिने, उनकै\उसकै नाम मा गजल रचने आदि आदि निकै रमझम फेसबुकमा देख्न पाईन्छ।
यहाँ मेरो फोकस कसले के लेख्यो भन्ने होईन।  यि केटा केटीले एक अर्का प्रति ईन्ट्रेस्टेड हुनु हुन्छ वा हुँदैन भन्ने पनि होईन। कुरा पब्लिसिटीको हो! यस्ता वालपोस्टहरु हेर्दा लाग्छ, यो उमेरमा Boyfriend-Girlfriend हुनु भनेको यो सर्कलमा सोसियल स्टाटस राम्रो हुनु हो। कसैले आफ्नो लभ अफेयर सुनाउन सकेन\चाहेन\पाएन भने त्यो केटा\केटी अरु भन्दा कम  स्मार्टमा गनिन्छ कि क्या हो।
सबैलाई थाहै छ मानव जीवन शुरु भएदेखि नै प्रेमको शुरुवात भएको हो। हरेक जेनेरेशनमा यस्ता लभ अफेयर चलेकै थिए\छन्। बितेको यस्तै ५-७ वर्ष यता हाम्रो समाजमा आएको मोबाईल फोन र ईन्टरनेटको बाढीले गर्दा कुखुरे बैँशका कथा सार्बजनिक हुने क्रम बढेको छ। शायद आजको १० वर्षमा यस्तो शो- अफ गर्ने चलन अत्यन्त सामान्य होला। अहिले चाहीँ अलि आश्चर्यजनक नै लाग्छ, Wikipedia मा भएको Love को परिभाषासँग कति नजिक होलान यि फेसबुके प्रेम हरु?
 

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons