ठेउकेले घर पछाडि बाटोमा आएर सास घुमाई घुमाई सिट्ठी बजायो। मेरो मन बुरुक्कै उफ्रिहाल्यो। स्कुलबाट फर्कँदा सल्लाह मिलाएका थियौँ हामिले, घर जाने खाजा खाने अनि आमाको आँखा छलेर बाहिर निस्किने। अनि घुरेनिको पाटोमा गएर बाँसको भाटाले पाङ्ग्रा बनाउने। खुर्पा ल्याउने जिम्मा ठेउकेको थियो अनि हिजो बा ले चौधरीलाई चिर्न लगाउनु भएको दुईटा भाटा मैले ल्याउने योजना थियो। ढोकाबाट पाईलो निकाल्न मात्र के खोजेको थिऐँ आमाले सुइँको पाईहाल्नु भयो। "होमक नसकि कोठा’ड बाहिर निस्की त के गर्छु म"।
फरक्क फर्केर कोठामा गएँ, मन अमिलो पार्दै चोर औँला र बुढी औँला मुखमा छिराएर सिट्ठी बजाएँ। ठेउकेले कुरा बुझ्यो, कस्तो मुजी रेछ भन्दै घर फर्क्यो। म मन नलागी नलागी होमक गर्न थालेँ। होमक देखि असाध्यै रीस उठ्यो, होमक दिने सरहरूसँग पनि रीस उठ्यो। जान त आमाले नदिनु भएको हो तर खै आमासँग चाहिँ किन हो रीस उठेन। यो होमक गर्न नपरे नि आनन्द हुन्थ्यो जस्तो लाग्यो। फेरि अलि अगाडिको एउटा शनिबार बिहान बा ले एक घण्टा भन्दा धेरै बेर गाली गरेको सम्झिएँ। उसो त गाली भन्दा पनि नसिहत धेरै थियो तर त्यो दिन बा ले भन्नु भएको एउटा कुरा मनमा निकै गढेको थियो। दुन्या’का छोरा छोरी बिहान उठेर पढ्न थालेको २ घण्टा भईसक्यो तँ चै सुति नै राख। यही चाला हो भने भोलि पर्सि तेरै साथिहरुले "ए मने आज मेरो बारी खन्न आईदे न है, म अहिले अफिस जान्छु भन्छन्", अनि खुल्छ तेरो चेेत। मैले पढ्न मन लगाईन भने साथिहरुले त्यसै भन्छन भन्ने डर मनमा साह्रै ननिकोसँग बस्यो। मुख्यत: त्यो ठेउकेको बारी चाहिँ मरे पनि खन्न जान्न भनेर मनमनमा सोच्थेँ। त्यसैले होमक नै नगर्ने भन्दा पनि चाँडै सिद्धयाउन पाए आनन्द हुन्थ्यो भन्ने लागिरहन्थ्यो।

यसरी शुरु भयो मेरो जीन्दगीको "यत्ती भए आनन्द हुन्थ्यो" भन्ने सिलसिला। टर्मिनल इक्जाम सक्न पाए आनन्द हुन्थ्यो, एक हप्ता बिदा हुन्थ्यो ठेउकेसँग बराल्लिन पाईन्थ्यो। फाईनल सक्न पाए आनन्द हुन्थ्यो मीन पचास को बिदा शुरु हुन्थ्यो, मामाघर जान पाईन्थ्यो। मेरा अवोध कामनाहरु ….. SLC सक्न पाए आनन्द हुन्थ्यो, फर्स्ट डिभीजन आए आनन्द हुन्थ्यो … उमेर बढ्दै गयो, आनन्द गराउने कुरा को कम्प्लेक्सिटी पनि बढ्दै गयो। कलेज शुरु हुँदा एउटी मोरीले पत्त्याईदिए आनन्द हुन्थ्यो, ईन्ट्रान्समा नाम निक्लिदिए आनन्द हुन्थ्यो, पढि नसक्दै जागिर पाईए हुन्थ्यो…. कति हो कति।
प्रभु को कृपा हो कि भाग्यले हो कि मेहनतले हो वा यी सबै कुराका विभिन्न संयोजन ले हो, कामना गरेका कुरा पुग्दै गए, आनन्द हुँदै गयो। तर कसो कसो सबै आनन्द क्षणिक मात्र भए। एउटा कामना पूरा हुँदा नहुँदै अर्को ईच्छा जागृत भै रह्यो, हरेक आनन्द को अवधी छोटै रहे। एक मर्यो अर्को जाग्ने, रक्तवीज जस्तै।
कसैले टिभीमा प्रवचन दिँदै थिए "ईच्छा कटौती गर", यही अनियन्त्रित ईच्छा नै तिम्रो असन्तुष्टिको श्रोत हो, पारिवारिक क्लेशको जड हो। चौरासी लाख तुच्छ जीव रुपी योनीपछि प्राप्त भएको यो हो मानव चोला। यहि मानव जीवन तिमीलाई जीवन मरणको चक्रबाट मुक्ति प्रदान गर्न सक्षम छ, तिमीले चाहेमा यसैले तिमीलाई ईश्वरीय मार्ग मा पुर्याउन सक्छ। तर तिम्रो अनियन्त्रित इच्छाले यस्तो अनमोल मानव जीवनलाई पथ भ्रष्ट गराएर बारम्बार यही जीवन मरणको चक्र मा फसाउँछ। यो तिमी आफैँद्वारा सिर्जित एक दानवीय विकृति हो। त्यसैले "ईच्छा कटौती गर"।
सुनेर मन यसो टोलायो। हो त है, यही ईच्छा र कामना को भुमरिमा पो परेको रहेछु म, अनि त थामिनसक्नु डिजायर चेन मा फसेको रहेछु। ईच्छा कटौतीको बाटो हिड्ने हो भने त कुनै कामना रहँदैन, कुनै अपेक्षा रहँदैन…. न केही पाउने आश न केही गुमाउने त्रास। सुन्दा खरानी घसुवाको सिद्धान्त झैँ लागे पनि सही जीवन मार्ग यही हो भन्ने लाग्न थाल्यो।
एक दिन राति FM मा "Why are we here where we are" भन्ने टपिक मा एउटा theoretical physicist ले उस्को बिचार राख्दै थियो। त्यसले बोलेका हरेक वाक्य कुनै साहित्यकार ले रचेको उत्कृष्ट निवन्धको अंश झैँ लाग्ने चोटिला थिए। सारांशमा उसले भन्यो हामी अहिले जहाँ छौँ हाम्रै कामना ले गर्दा छौँ। एउटा Comlex Protein chain बाट सिर्जीत पहिलो एक कोषिय जीवको कामना शक्ति ले तान्दै घिसार्दै यो हाम्रो प्रगतिशील मानवीय जीवन बन्यो। हात मा जति छ त्यसैमा सन्तुष्ट हुँने सिद्धान्त ले संसारलाई डोहोर्याएको भए पृथ्वीमा Amoeba वा Protozoa भन्दा केही हुँदैन थिए। यो कामना शक्ति नै प्रगतिशील संसारको सर्जक हो, यो मानव मस्तिष्कको विकृत उपज होईन यो त ईश्वरीय महाशक्ति को सुजबुझ पुर्ण Grand Design हो। जति जति मानव विकसीत हुन्छ उसका कामना पनि Geometric Ratio मा बढ्दै जान्छन् यसले अझै प्रगति गर्छ अझै विकसित हुन्छ ईश्वर को अझै नजिक पुग्छ, नश्वर बाट ईश्वर बन्छ।
यो विषय त झन जटिल बन्दै गयो। कस्तो विपरीत सिद्धान्त, एउटै तथ्य लाई हेर्ने कति भिन्न दृष्टिकोण। दुवै सही दुवै उत्तिकै गलत, म कुन छानुँ? दुईवट बाटोबाट एकैपल्ट हिड्न पनि सकिँदैन। यो द्विविधा पर्ने म पहिलो मानव त पक्कै होईन, कुनै ऋषि, सन्त, दार्शनिक कसैले त यो बारे पक्कै खोजि गरेका छन्। पूर्विय दर्शन ले कति गहिरा र अलौकिक रहस्यहरुका त खोजि गरेका छन भने यसको समाधान मैले पक्कै भेट्छु। म अचेल यसैको खोजिमा छु। यो पत्ता लगाउन पाए "आनन्द हुन्थ्यो" ...........“आनन्द हुन्थ्यो”? मैले मेरो बाटो रोजिसकेको हो र?
2 comments:
संयोगले आज यो ब्लग भेट्टाएं। मन भित्र उब्जेका अत्यन्त सांदर्भिक द्वन्दलाइ सरल, मिठो रुपमा प्रस्तुत गरेको पाएँ। निःसंदेह राम्रो सेखाइ!
MRG ज्यू ,
यहाँ को समय अनि हौसालात्मक शब्दहरुको लागि धेरै धन्यबाद! समय मिल्दा आउँदै गर्नु होला :-)
Post a Comment