अन्तिम भोज को झलक...

MP
हरेक बर्ष क्रिसमसको बेला मैले काम गर्ने कम्पनीले एउटा कार्यक्रम गर्छ। त्यही क्रममा यो सालको जमघट आज साँझ एउटा ब्राजिलियन रेष्टुरेन्टमा भयो। ईम्प्लोयी र उनिहरुका स्पाउज गरेर त्यस्तै १०० जना जति थियौँ होला त्यो हलमा। ठुलो हलको एउटा कुनामा ८-१० जनाको कोएरले क्रिसमस केरोल गाउँदै थियो। खानेकुरा को सुवास र मधूर सङ्गितको लयमा त्यो हल मग्न थियो। त्यस्तैमा म नजिक बसेको एउटाले भन्यो "Hey guys eat as much as you can. They have been saying that the world is going to end tomorrow. You never know .... this can be your last dinner". उसले भनेको कुराको अन्तिम शब्द मेरो मनमा अड्कियो। Last Dinner!

फिलिङ्ग कूउउउल

MP
कुरा झण्डै १३-१४ बर्ष जति अगाडि, १९९९ तिरको हो। KEC मा BE पढ्दै थिएँ, साथि श्रीरामसँग मिलेर KEC को पहिलो साहित्यिक बुलेटिन “प्रष्फुटन” निकाल्ने दौडधुपमा लागेको थिएँ। प्रिन्सिपल सरको अन्तर्वार्ताको बारेमा प्रेसवालासँग तुरुन्तै कुरा गर्नु पर्ने भयो तर कलेजको फोन चलेको थिएन। अनि वहाँले आफ्नो कोटको पकेटबाट मोबाईल निकालेर दिँदै भन्नु भयो “ ला ट ला, मोबाईलबातै कुरा गरेर ल्याऊ”। प्रिन्सिपल सरले नै नम्बर डायल गरेर दिनु भयो, फोन गर्न यसो कानमा के लगाएको त फोन धररररर भाईब्रेट गर्न थाल्यो। डरले सातो पुत्लो उड्यो, विशेष गरि फोन बिग्रियो जस्तो लाग्यो। खासमा सरले गर्नु भएको फोन कनेक्ट हुनु अगाडिनै अर्को फोन आएको रहेछ। त्यही दिन थियो पहिलो पटक मोबाईल फोन नजिकबाट देखेको, हातमा परेको अनि मोबाईल फोन भाईब्रेट पनि गर्छ, भन्ने थाहा पाएको। त्यो दिन प्रिन्सिपल सरले भन्नु भएको कुरा निकै घत लागेर होला अझै याद छ '” ह्याँ लाता, फोन आउँडा पनि क्वै डराउँछ? ईन्जिनियर हुने लागेको मान्छेले ट, नयाँ नयाँ तेक्नोलोजी सबै जान्नु पर्छ!!”

राघव सरको योजना....

MP
पार्कको एउटा कुनामा पुरानो काठ र खिया परेको फ्रेमले बनेको लामो बेन्च छ। नजिकै केटाकेटीहरुकोलागि पिङ र चिप्लेटी खेल्ने ठाउँ पनि छ। त्यो बेन्चमा दाहिने खुट्टामाथि देब्रे खुट्टाको उपरखुट्टी लगाएर, देब्रेहातले आँखामा परेको घाम छेक्दै राघव प्रताप सर बस्नु भएको छ। बेन्चको अडेस लाग्नेमा दाहिने हात लमतन्न पार्दै टाउकोलाई त्यसै हातमा ढल्काएर क्याश र माया को चर्तिकला हेर्दै हुनुहुन्छ। हुन त उहाँको नातिको नाम विकास प्रताप राखेको हो तर खै पास्नि पछि एकै पटक अहिले भेट्दा सबैले क्याश भन्न थालेछन्। नातिनी मायाको नाम चाहीँ उही रहेछ। ७ बर्षको नाति र ४ वर्षकी नातिनीलाई लिएर राघव सर हरेक दिन जस्तै यो पार्क आउनु हुन्छ। छोरो रवि प्रताप (आर पी) र बुहारी अन्नु काम मा गएका छन्। बुढिया रमा चाहीँ घरमै छिन्। राघव सरका दुबै छोरी नेपालमै छन्। जेठी छोरी रेवतीको त बिहे भएकै १४ बर्ष भयो। ज्वाँईँले एउटा +2 कलेज चलाउँछन्। रेवती पनि त्यहीँ पढाउँछे। उसका छोरा छोरी पनि ठुलै भैसके। कान्छी छोरी रमिला पनि नेपालमा नै छे। १२ को जाँच सकेर अचेल टोफेल र स्याट गर्दैछे। १२ को रिजल्ट आउने बित्तिकै US जाने सपनामा खुट्टो उचालेर बसेकी छे। आर पी ले पनि के के सिकाउँछ घरि घरि, US का कलेजमा दर्खास्त हाल्न। सबै छोरा छोरी राम्रो बाटो लागेका छन्, पढाई लेखाई राम्रै गरेका छन्, बुढा बुढीको स्वास्थ्य पनि ठिकै छ। यसरी समग्रमा हेर्दा राघव सरलाई जीवनसँग कुनै गुनासो छैन, उहाँ आफुलाई एउटा Well Achieved व्यक्तिमा गन्नुहुन्छ।

Love, प्रेम, माया… etc

MP
कामको सिलसिलामा Hydrophilic भन्ने शब्दको अर्थ गुगल गर्दै थिएँ। यस्तैमा Wikipedia को यो लिङ्कमा  पुगेँ र त्यहाँ भएको Love शब्दको परिभाषामा ध्यान गयो, जसमा लेखिएको छ -
Love is an emotion of a strong affection and personal attachment. Love is also said to be a virtue representing all of human kindness, compassion, and affection —"the unselfish loyal and benevolent concern for the good of another". Love may describe compassionate and affectionate actions towards other humans, one's self or animals.”   

मोडिफाईड तीज !

MP
अहिले सबैतिर कति रमाईलो तीजको माहोल छ, घर घरमा आमा-दिदी-बहिनी सबै रङ्गिएका छन्, आफुसँगै शहर, बजार, मन्दिर, चोक सजाएकाछन्। त्यतिमात्र कहाँ हो र, कहाँको गोरे मार्क जुकरबर्गको फेसबुकलाई पो लागेको छ मुख्य तीज त। नेपालीको ठुलो जमात अनि टाईम जोनमा निकै अगाडी पर्ने अष्ट्रेलियाबासी नेपालीले प्राय: हरेक चाडको फेसबुक शुभारम्भ गर्छन। अनि बिस्तारै आगो सल्किएझैँ सबैतिरबाट "राम्रा राम्रा" फोटोहरु (बेस्ट एङ्गल, बेस्ट शट!!") फेबुकमा आउन थाल्छन! नेपाली पात्रोकोमा आउनु धेरै अगाडिदेखि शुरु हुन्छ हरेक चाडको महोत्सव (एक दिनको चाड कैयौँ दिन लम्बिएपछि महोत्सव त भन्नै पर्‍यो!)। अचेल तीज लगायत चाडको तिथी मिति मोडीफिकेशन भएको छ। कहिले देखि कहिले सम्म मनाउने भन्ने कुरामा.....      

यो पटक कुरा केटाकेटीको !

MP
सँगै बस्ने २-४ परिवार समय समयमा भेला हुन्छौँ। यसरी जम्मा हुँदा सबै भन्दा रमाईलो केटाकेटीलाई नै हुन्छ किन भने बाबु-आमा कि त गफ गर्नमा व्यस्त हुन्छन् कि आज एक दिन होस्.... अरुको अगाडि के गाली गर्नु भनेर बच्चालाई फ्री छाडिदिन्छन्। आक्कल झुक्कल भेट हुने साथिहरुसँग खेल्न अनि मनमा लागेको कुरा बाबु-आमाको करकरबिना गर्न पाएपछि के चाहियो!! उनिहरुको निश्छल हाँसोको फोहोरा छुट्छ!
रात पर्‍यो, सबैजना घर फर्केपछि पो थाहा हुन्छ केटाकेटीले कति रमाईलो गरेछन् भनेर! हराईराखेको कुरा भेट्टाईदिन्छन्, सम्हालेर राखेको कुराको पत्‍तोफाँट हुँदैन।
गएको विकएण्डमा २-४ परिवार भेला भएका थियौँ। बिहान उठेर अल्छि लागी लागी घर मिलाउन शुरु गरियो। नानीहरुको प्ले रुम मिलाउन थाल्दा बुढियाले भनिन् .."कस्तो अच्चम!!" शुरुमा त कुरा बुझिएन तर कुरा यस्तो थियो! यी दुई फोटो हेरौँ:

Add "Related Posts" link at the bottom of a post

MP
I would like to begin this post by acknowledging the efforts of whoever came up with this code.
 
At the bottom of each post, I wanted to create a list of related posts, but my template did not have this tool implemented. As they say Google knows everything and here is what I came after some Google search.
This code finds the related posts based on the label you have assigned to the posts.
 
1. Login to your blogger and select Template from the dropdown on the right side.

केवल मेरा ओठ हाँस्छन.........

वसन्ती लता
एक दशक त पक्कै कट्यो तिमीलाई पहिलो पल्ट चिहाएर हेरेको! तर अहिले सम्झँदा हिजो जस्तो लाग्छ। हिजै त हो नि तिम्रो तस्बिर सहितको तिम्रो एउटा प्रकाशित लेखले मलाई मोहनी लगाएको। लेख त कती पढियो होला, लेखकको तस्बिर पहिले पनि नदेखेको त कहाँ होला र, तर के थियो कुन्नि तिमीमा, यस्तो लाग्यो कि त्यो तस्बिरबाट तिमी बाहिर निस्कन्छौ र मलाई भन्छौ "कत्‍ति मेरो तस्बिर मात्र हेर्छ्यौ, लौ म आएँ तिम्रो सामु, तिम्रै लागि, तिम्रो म" ......

आरती र Amen!!!!

MP
छोरी त्यस्तै साँढे तिन वर्षकी भई। उसलाई खाना खुवाउन निकै गाह्रो छ। खुवाउने सिलसिलामा टिभी मा आउने प्राय: कार्टुन क्यारेक्टरहरु मामाघर देखि ससुराली, पोखरा देखि सानफ्रान्सिस्को पुगेको जस्ता सयौँ कथा रचिसकियो होला। सँधैँको बिहान झैं आज बिहान पनि खाना खान कर गर्दा गर्दा बल्ल कुर्सीमा आई । अर्को कथा रचेर ठिक पर्दै थिएँ, छोरी चुप छ। यसो हेरेको त नमस्ते गर्दा झैँ दुबैहातका जोडेकी छ तर औँला क्रस गराएर आँखा चिम्लेकी छ। यसो के के भुतभुताएझैँ पनि गर्छे। अनि एकै छिनमा आँखा खोल्दै भन्छे "ए-मेन"।
बुढी र म छक्क पर्‍यौँ, तुरुन्तै बुझियो छोरीले प्रेयर गरिछ। बुढीले मेरो मुखमा हेर्दै भनिन् "स्कुल??" उसले गरेको क्रियाकलाप अबोध थियो, प्यारो थियो र साँच्चै भन्दा खानु अघि भगवान सम्झनु नराम्रो पनि के नै थियो र.... तर पनि मनमा कता कता चीसो पस्यो। 

बिहान कुद्ने रहर.........

MP
झण्डै २४-२५ वर्ष अगाडिको कुरो होला (४-५ कक्षामा हुँदा) एक जना बच्चुबा भन्ने गुरुले नैतिक शिक्षा (Moral Science) पढाउनुहुन्थ्यो। मलाई अझै प्रष्ट याद छ "हाम्रो दैनिकी" भन्ने पाठ पढाउँदा उहाँले भन्नु भएको "विद्‌यार्थीले हरेक दिन बिहान सके ४ बजे नसके ५ बजे उठ्नु पर्छ, त्यसपछि कम्तिमा आधा घण्टा दौडिनु पर्छ र अर्को आधा घण्टा व्यायाम गर्नु पर्छ र बिद्यालय जाने बेला नहुँदा सम्म पढेर बस्नु पर्छ। त्यस्तो गर्ने विद्यार्थी सँधैं परीक्षामा प्रथम हुन्छ।" अहिले भए गुरुबालाई हल्का र्‍याग गरिन्थ्यो होला "गुरुबा! हाम्रो कक्षामा भएका सबैजनाले त्यसो गरे भने सबै जना फर्स्ट हुन्छन् त?" भनेर!!

हराएको स्वर्ग

MP
आज बिहानै उनले फेसबुक को एउटा किस्सा सुनाईन्। साँच्चै घतलाग्दो कुरा थियो। भन्दै थिइन् कसैले फेसबुक मा लेखेको रहेछ "पहिला चाहेको धेरै कुरा थिएनन् र पनि जिन्दगी कति रमाईलो थियो, अहिले चाहेका धेरै कुरा छन् र पनि रमाईलो छैन"। उनको कुरा सुन्दा कता कता १७ औँ शताब्दीका कवि John Milton ले कल्पना गरे झैँ स्वर्ग हराएझैँ लाग्यो । कविले त बाईबल का कथामा स्वर्ग हराएको देखे तर मैले मानिसको जिन्दगीमा।

नेपाल मा "पोलिटिकल यूनिफिकेशन"

MP
मलाई अचेल फेसबुक हेर्नै मन लाग्न छाडेको छ।  फोटोशप वा त्यस्तै ग्राफिक्स एडिटर का "प्रो" हरु (उस्तादहरु) को चर्तिकलाले फेसबुक रङ्गिएको छ ।  नेताहरुको टाउको काट्ने र जोड्ने कला (?) खुब देखाएकाछन प्रो-हरुले। अझ अनौठो त त्यस्ता कलाहरुलाई शेयर गर्दै वालमा टाँस्नेहरु पनि समयवाला नै मान्छु म! फुर्सदै फुर्सद भएपछि के गर्नु त...
यो फोटोशप कला जति वाक्क लाग्दो भएपनि यसले कम्तिमा-साक्षर (फेसबुक चलाउने स्तरका) नेपालीहरुको जनमत चाहीँ प्रकट गरेको छ। नेताहरु पटक्कै उत्तरदायी छैनन्, सबैलाई थाहा छ तर हाम्रो बाध्यता के भने देश चलाउन तिनै नेताको बाटो नहेरी सुख छैन किन भने हरेक नागरिकले राजनीति गर्दै हिँड्न सक्दैन।

How to highlight author's comments in Blogger?

MP
Whenever someone writes some comment on your blog, you will definitely like to reply. What if your comments look just like your visitor's? Well! that bothered me and I investigated little bit and came with the following solution. Hope it will benefit you.
Here's the tutorial:

हृदयभरिको सलाम

MP
टाढा बस्दा आफ्नाहरुको सम्झना आउनु त के नौलो कुरा भयो र तर चाड पर्वहरु र बिशेष दिनहरुमा यो सम्झनाको बाढी आउँछ, कमजोर बनाउँछ, बलियो बनाउँछ। आज २०६९ सालको आमाको मुख हेर्ने दिन, आमाको याद सधैँ भन्दा धेरै आयो, साँच्चै बाढी झैँ।

नसम्झिएको त कुनै दिन छैन, तर आज झन् धेरै सम्झिएको छु
आमा तिम्रो वात्सल्यले नै त आज, एउटा "म" भएर उभिएको छु॥ 
मेरा हर तन्तुहरुमा तिम्रै ममता छ, ज्ञानमा तिम्रै दर्शन छाएको छ
आमाको मुख हेर्ने यो दिनमा आज, सम्हालिनसक्नु तिम्रो याद आएको छ॥

फोनमा कुरा पनि भएकै हो, भन्ने हरुले "माया ममतालाई दूरीले छेक्दैन" पनि भन्छन, तर खै.......... मनलाई सम्झाउन त्यत्ति सजिलो छैन। फेरि यसो सोच्छु, सबै प्रवासीको एउटै कथा त हो, के छोरा के छोरी, सबैले फोन गरेर कुरा गरे होलान, सबैकी आमाले आफ्ना सन्तानलाई आशिष दिईन् होला, अनि सबैले हत्तेरिका टाढा भईयो, मुख हेर्ने दिनमा पनि बोलि सुनेर चित्त बुझाउनु पर्यो भन्दै फोन राखेहोलान। मान्छेको जिवन परिस्थितीको दास हो भनेझैँ फेरी सामान्य जिवन बाँच्नु नै छ, सबैसामु ङिच्च हाँस्नु नै छ।

टाढा भएर के भो र आमा, तिम्रो आशिर्वादले निधार भिजाएको छ
तिम्रा सङ्घर्षका कथाहरुले, जीवन बाँच्न - हाँस्न सिकाएको छ ॥
हरेक हाँसोमा तिम्रो हाँसो अनि  चोटमा तिम्रै ममताको मलहम छ
मेरो मात्र हैन आज सबै आमाहरुलाई, हृदयभरिको सलाम छ॥


Rosewell UFO Crash.... tangled in mystery

MP
This time I am back with a little different topic. I stole some time from myself and read a book in my recently bought LePan tablet (my 'lil daughter says it's her 'tabbie'). The book was about the  popular UFO crash incident in Roswell, New Mexico. I had heard about this incident several years ago while I was in college. The topic of the book itself was interesting if not funny.
The book titles "Witness To Roswell" and is written by Thomas J. Carey and Donald R. Schmitt. There is a sentence on its cover page (someone's quote) which says " There is no one on this planet who knows more about the Roswell incident than these two guys" which enticed me as much as the topic of the book.
In July of 1947, the US Army recovered the remains of an object which crashed in a remote ranch near Roswell, New Mexico. As stated in the book and in several other blogs and pages, RAAF (Roswell Army Air Field) made a public press release saying that they captured a flying saucer on ranch in Roswell region (See this newspaper cutting published in Wikipedia).

त्यो एक रात र मनमा उठेका तरङ्गहरु

MP
नेपाल छाडेको ५ बर्ष पुरा भयो। विद्यार्थी जीवन सकियो ब्यबसायिक जिबन शुरु भयो, बच्चा बच्ची भए, सोचाई फेरियो, उद्देश्य फेरियो, नेपाल को सम्झना उस्तै छ, यताको व्यस्तता उस्तै छ। एक्लोपनको महशुस उस्तै छ, हाम्रो समय पनि बित्दै छ सबै प्रवासी को जस्तै। 
अहिलेको अपार्टमेन्ट मा बसेको १७-१८ महिना भयो। अनेक रुप रंगका छिमेकी छन्। कहिले उनीहरुले झर्को लगाए कहिले हामीले लगायौं। सानातिना असन्तुष्टि बाहेक खासै केहि समस्या थिएन यो ठाउँ मा। सबै तिर मर्मनहरु छन्, भगवानक सच्चा सन्तान (Sarcasm छैन मेरो यो भनाइ मा)। सके सहयोग नै गरेका छन् नत्र ङिच्च हाँस्छन कुनै दिन असहयोग गरेनन। नेपालमा आफ्नो घर मा जस्तो स्वच्छन्दता त कहाँ मिल्छ र तर गुनासो थिएन। 
ज्यनुअरी २४, २०१२ को राति एउटा सानो घटना भयो जसले यो ठाउँ प्रतिको दृष्टिकोण नै परिवर्तन गरायो।

नयाँ वर्ष

MP
आजको दिन सबैतिर नयाँ वर्षको रमझम छ। पुरानो समय सकिएर नयाँ  समय शुरु हुने दिन, नयाँ यूग, नयाँ वर्ष अनेक उपमा र अलङ्कार मा रङ्गिएको छ आजको दिन।
सबैले "आफ्नालाई" खुशीयाली दिनु भनि अह्राएका छन, बिचरो नयाँ वर्ष हरेक सालझैं आज पनि मौन छ, भित्र भित्रै हाँसीरहेछ। उसलाई लाग्दो हो म त के नयाँ छु र, हरेक साल मान्छे पो फेरिएका छन्, आफु भित्रै आफ्नो खुशी र सुखलाई कैद गरेर सबैजना मलाई खुशी ल्याउने आदेश दिन्छन। हजारौं पुस्ताको प्रगती र दुर्गतीका कथाको साक्षी बसेको छ नयाँ वर्ष, यो साल पनि त्यहि गर्दै छ। "हातमा सलाई बोकेर आगो खोज्दै हिंडेझैं"  उसँग खुशी माग्ने मान्छे को जमातलाई हेर्दैछ, मौन हाँसो ले खिल्ली उडाउँदै छ नयाँ वर्ष।
मान्छे जस्तै प्यार्-प्यार् कराउन मिल्ने भए आज नयाँ वर्ष लण्डन, न्यू योर्क टाइम्स स्क्वायर, सिड्नी हार्वोर ब्रिजका फायर वर्क्स देखि हरेक मनुवाको झुपडीमा भाषण छाँट्दै हुन्थ्यो होला "तिमीहरुको खुशीको जिम्मा न मैले आजसम्म कहिल्यै लिएको छु, न कहिल्यै लिने छु, मेरो भर परेर हरेक साल बरबाद किन गर्छौ? साँच्चै खुशी हुनु छ भने यसैसाल होउ, आफैं होउ। तिमी विचरालाई के थाहा, अर्को सालको के भर, तिमीले मलाई देख्छौ कि देख्दैनौ। अब त बुझ!! कसैले कसैलाई दिने हैन खुशी भन्ने कुरो। सबैजना आफु आफु खुशी होउ न, अनि को बाँकी रहन्छ र वेखुशी। जबसम्म तिम्रो मन अँध्यारो हुन्छ, बाहिरको बत्तीले कसरी उज्यालो दिन्छ र तिमीलाई?"

नयाँ वर्षलाई शुभकामना, सबैलाई खुशी भएको देख्न पाओस, "यो साल त अनलक्की परेछ" भनेको सुन्न नपरोस् यसले।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons