मेरो मनको हाल!

MP

नशा पिए जस्तै उनको बाङ्गोटिङ्गो चाल थियो 

उनको चाल जस्तै ढलपल मेरो मनको हाल थियो 

थुनी देऊन मुटु भित्र इशारा त यस्तै थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।१।।


यता हेर्दै अन्त हेर्दै हातले कपाल सार्दै थिईन 

उनलाई के थाहा हरेक सासमा मेरो मुटु मार्दै थिईन 

मलाई लाग्यो उनको पनि दिलको हालत यस्तै थियो

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो।।२।।


मलाई देखि झस्किए झैँ सम्हालीन खोज्दै थिईन 

मेरो मनको सिंहासनमा राखिदिएँ रानी बनीन 

खासखुस गरिन साथीसँग कुरा शायद मेरै थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।३।।


पाइला उनका सर्दै थिए म चाहिँ उडान भर्दै थिएँ 

एकै भेटमा उनकै बनेँ घरजम नै पो गर्दै थिएँ 

तिम्रै हुँ म सँधैभरि लाग्यो उनको भाव थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।४।।


आइन नजिक मुटु रोकेँ, उनी हिडिन सरासरी 

अर्कै रैछ उनलाई कुर्ने फुल बोकी हातभरी 

कल्पनाको सागरमा प्रितको डुङ्गा डुब्नु थियो 

आँखा उनको अन्तै रैछ मलाई लाग्यो यतै थियो ।।५।।


हल्का मुस्कान पोखी हिँडिन छातिभित्र आँधी चलाई 

आँखाले नै जलाइदिइन किन चहियो लाइटर सलाई 

नशा पिए जस्तै उनको बाङ्गोटिङ्गो चाल थियो 

उनको चाल जस्तै ढलपल मेरो मनको हाल थियो ।।६।।


फरासिलो .......................... अत्ति नै

MP
भगवानले मान्छेलाई दुई - दुई वटा कान, आँखा  र हात खुट्टा दिए, दुइ प्वाल भएको नाक दिए तर मुख एउटा मात्र दिए। कुरा त सामान्य लाग्छ तर किन मुख दुइ वटा दिएनन् होला !  मुखको काम भनेको खाने र बोल्ने हो।  त्यसैले भगवानको Design Philosophy हेर्दा अलि असन्तुलित जस्तो लाग्यो। 

नयाँ तिर्थ

MP
फेसबुक मा एकजना काकाले आफ्नो status लेख्नु भो : "जुन २५ का दिन तिर्थ हिँडिने भईयो !!!!"   धर्म को नाम मा मुर्ति पुजाको कट्टर विरोधी हुनुहुन्थ्यो उमेरमा। अहिले आएर यसरी उहाँले  तिर्थ जाने पब्लिसिटी गर्नुभएको देखेर अलि अचम्मै लाग्यो। 
उहाँको त्यो फेसबुक को पोस्ट साह्रै Popular  भयो।  शुभयात्रा!!! शुभकामना !!!! कहिले फर्किने!! को को जाने !! कुन कुन तिर्थ भ्याउने ………… जस्ता अनगिन्ती संदेश आए।  बुढा मान्छेले ति सब कमेन्ट मा कि त Like मात्रै गरे कि Smiley 😊 पठाए, अल्छी लागेको होला, सबलाई बेलिबिस्तार लगाउन।  तिनै कमेन्ट को भिडमा कसैले "घुम्नुस घुम्नुस, मोज छ नि तपाईंलाई, छोरा छोरी अमेरिकामा ………… पैसा को कमि भएन!!" पनि लेख्न भ्याए। आ-आफ्नो धरताल-क्षितिज  ………… आ-आफ्नै सोचाई को सिमितता ! 

खरबुजाको लहरो .........

MP
पेट लागेर हैरान छ अचेल। एउटा साथीले भन्थ्यो " यो पेट घटाउन २ महिनाको मेहनत तर बढाउन १ हप्ताको स्वाँम्-स्वाँम् दालभात"। नघटाउँ भने पनि परिवारभित्र मात्र होइन चिनेजानेका सबैलाई सुगर, ब्लड प्रेशर, कोलेस्ट्रोल के के हो के के। यहि "पेट घटाउने"  लहडमा मौका मिल्दा यसो लम्किने बानि बसाउँन खोज्दै छु।  
यस्तै हिड्ने क्रममा एउटा चौबाटोमा बाटो काट्ने पालो कुर्दै थिएँ, गाडीहरु हुँईकेको हुँईक्यै थिए।  त्यसै उभिँदा चोर बाख्राले हरियो खोजे झैं दायाँ वायाँ मुन्टो घुम्नु स्वाभाविकै भयो।  त्यस चौबाटो को दायाँ मोडमा भएको घरको Backyard (बगैंचा)लाई साईडमा पारेर मा उभिएको थिएँ ।  त्यो Backyard लाई घेरेको काठको बार (Fence) को अन्तरबाट च्यापिंदै बाहिर बाटोमा निस्किएको एउटा खरबुजाको लहरा मा मेरो आँखा पर्यो।  

अब यत्ती भए आनन्द हुन्थ्यो ............

MP
ठेउकेले घर पछाडि बाटोमा आएर सास घुमाई घुमाई सिट्ठी बजायो। मेरो मन बुरुक्कै उफ्रिहाल्यो। स्कुलबाट फर्कँदा सल्लाह मिलाएका थियौँ हामिले, घर जाने खाजा खाने अनि आमाको आँखा छलेर बाहिर निस्किने। अनि घुरेनिको पाटोमा गएर बाँसको भाटाले पाङ्ग्रा बनाउने। खुर्पा ल्याउने जिम्मा ठेउकेको थियो अनि हिजो बा ले चौधरीलाई चिर्न लगाउनु भएको दुईटा भाटा मैले ल्याउने योजना थियो। ढोकाबाट पाईलो निकाल्न मात्र के खोजेको थिऐँ आमाले सुइँको पाईहाल्नु भयो। "होमक नसकि कोठा’ड बाहिर निस्की त के गर्छु म"।

दम्भे पुल

MP
उसको पुरा नाम दम्भलाल गुरुङ्ग हो तर नागरिकतामा बाहेक उसले आफ्नो पुरा नाम कहिल्यै सुनेको छैन। उसको नाम दम्भे हो कसैले दम्भे को पछाडि दाइ थप्छन् कसैले भाइ कसैले काका….. काम खोज्दै आफ्नो जन्मस्थल छोडेर दम्भे  यहाँ आईपुगेको धेरै वर्ष बितिसक्यो।

रङ्गीन चस्मा

MP
मोहितले निदाउन खोजेको धेरै बेर भईसक्यो। ओल्टे कोल्टे गर्दा गर्दै उ त्यत्तिकै मुसुमुसु हाँस्न थाल्यो। ६-७ कक्षामा पढ्दा को कुराको सम्झनाले उसलाई स्कुले दिनमा पुर्यायो। एकदिन उसका नजिकका १-२ जना साथिले अचानक चस्मा लगाउन थाले। त्यै दिन घर गएर मोहितले पनि बुवा-आमाको अगाडी गर्नु सम्म तमासा गर्यो "आँखा हेर्न गाह्रो भयो, टाउको पनि दुख्छ, ब्ल्याक बोर्डमा लेखेको पनि देख्दिनँ" ….. त्यसै हप्ताको शनिबार बुवाले लगेर आँखा देखाए, मोहितले जानि जानि त्यो उल्टो पाल्टो  ABCD लेखेको बत्तिमा हेर्दै तल्लो लाईनको कुनै अक्षर देख्दिन, दुई वटै आँखाले नै देख्दिनँ भनिदियो। आँखाको डक्साब लाई पनि चिट्ठै पर्यो। भोलि स्कुल गएर रबाफ जमाउने स्पष्ट अभिलाषा लिएर मोहित अस्पष्ट दृष्टि दिने चस्मा ढल्काउँदै घर आयो।

चिया महात्म्य

MP
त्यस्तै ३-४ वर्षको हुँदाको कुरो। बुवाआमा र अन्य ठुलाहरु आफु शानसँग चिया खाँदै "हट्! भुराभुरीले चिया खान हुँदैन, ल यो दूध खा" भन्थे र २ डाडु दूध मन्छिन्थे। त्यहि दूधको गिलासमा वहाँहरुको नक्कल गरेर सुरुप्प सुरुप्प पार्दै, अलि पछि तिनै ठुलाले गिलासको पिँधमा छोडेका एक घुड्का चिया सबैको आँखा छलेर खाँदै अनि अझै पछि रुवाबासी मरिहत्ते गरेर आफ्नै भाग चियाबाट शुरु भएको यो चिया खाने बानी।

Happiness को खेती

MP
आज राजेश र माया बेग्ला बेग्लै काममा गएका, राजेश अलि चाँडै फर्कियो। गाडि भित्र राख्दा राख्दै "आज त बुधबार है!" भन्ने सम्झियो अनि घर भित्र पनि नपसी करेसा मा राखेको फोहोर हाल्ने डम्प्स्टर (ढ्वाङ्ग) गुडाउँदै घर अगाडि बाटोको किनारामा लगेर राख्यो। हरेक बुधबार मायाले "ए बुढा भोलि फोहोर आउने दिन हो नि ट्र्यास राख्न बिर्सेला" भनेर सम्झाउनु पर्थ्यो उसलाई। "कुनै दिन आफैँ सम्झेर गरिदिए पनि हुन्थ्यो नि कुनै काम" माया गुनासो गर्थि ।

Nepali Songs Lyrics

MP
यी गीतहरु यिनका श्रस्टा र सम्पुर्ण नेपाली संगीत प्रेमीहरुमा समर्पित

प्रकृतिको नियम ?

MP
आगोमा नपरि धपक्क नबलि कुन् सून चम्कन्छ र
माटोमा नमिलि हिलाम्य नबनि कुन वीज उम्रन्छ र
कोईला पनि ताप-चाप नखपि हीरा कहाँ बन्छ र
पुरै रात गुमाई साख अनि पो झुल्किन्छ नि सूरज।।

धस्नै पर्छ घुँडा अनि लडि-लडि पहिलो कदम् चल्दछ
खस्रा घुम्ती सही बगेर सरिता समून्द्रमा मिल्दछ
दीयोले पनि रातभर् जलि-जलि फैलाउँछे रोशनी
मृत्युको मुखमा पुगेर जननी जन्माउँछिन् जीवनी।।

पैँताला नखियाई यत्न नगरि गन्तव्य को पुग्दछ
कस्ले चुम्छ शिखर् उकालि नचढि पर्वत कहाँ झुक्दछ 
पाउँदैन बसन्त आउन चिसो शिषीर नआईकन
कुवाको जल आउँदैन घटमा डोरी नतानिकन ।।

ज्योतीको महिमा हुँदैन दिनमा निस्पट्ट निशा बिना
हाँसोको कसरी म मापन गरुँ आँशु नपोखिकन
पानी खोजी कहाँ म हिँड्दछु त्यसै तिर्खा नलागिकन
कस्ले खोज्दछ स्वर्ग यो धरतीको पीडा नभोगिकन  ।।

सृष्टि को तरिका सफल् हुनु अघि थुप्रै चुनौतीहरु
आउँछन् विचलित गराउन भनि बाधा र अड्चन् हरु
उल्टो सोचि रहेँ अबुझ् बनी-बनी यी हौसला पो थिए
म आफ्नै भ्रममा भुलेर विधीको निन्दा गरि नै रहेँ।।

अङ्ग्रेजी बोल्ने रहर

MP
हरेक दिन नयाँ नयाँ मान्छे भेटिन्छन, पुराना मान्छेका नयाँ-नयाँ बानि देखिन्छन। यस्तै एउटा जम्का भेटले यो ब्लग लेख्न उत्सुक बनयो। १-२ दिन अघिको कुरा हो, बच्चा-बच्चीको स्कुलको युनिफर्म किन्न मलमा थियौँ। मान्छे नै मान्छेको भिड छिचोल्दै केटाकेटीकै तालमा हिड्दै थियौँ, उनीहरुले सोधेका अनेकन प्रश्नको जबाफ दिंदै यो यस्तो-त्यो त्यस्तो भनेर ब्याख्या र वर्णन गर्दै एउटा पसल र अर्को पसल गर्दै थियौं। यस्तैमा सानी छोरीले हात छोडेर अगाडी अगाडी कुद्न थाली, उसलाई Escalator मा तल माथि गर्न खुब रमाइलो लाग्छ, त्यही देखेर कुदेकी रैछे। छोरी कहाँ नै पुग्ली भनेर ओइ.…….…. नानी पख ……. एक्लै नजाउ भनेर कराइयो, नेपालीमै। छोरी टक्क अडीई। अगाडीबाट हामीतिर हिड्दै आएको एक जोडीले यो सबै क्रियाकलाप देखेका रहेछन अनि नजिकै आएर सोधे "आर यु फ्रम नेपाल?"

पिउने गर्नु जाती हुन्छ!!

MP
८-९ बर्ष अगाडिको एउटा साँझ याद आयो। भर्खरै PhD शुरु गरेको थिऐँ। नेपाल को नियास्रो त अहिले पनि लाग्छ तर त्यतीबेला त झन् सम्हालि नसक्नु नै लाग्थ्यो। वरपर भएका नेपाली साथि-भाई दिदी-बहिनीहरुले बेला बेला जमघट गरिरहने हुनाले त्यो नियास्रो मेटाउन अलि अलि भए पनि सजिलो हुन्थ्यो।

Dandelion र Jonathan

MP
कसैले जीवन भनेको योजनामा चल्छभन्छन् त कसैले जीवन अनिश्चितता र आकस्मिकताको भूमरी होभन्छन्। सही के हो थाहा छैन। यहि अ-परिभाषीत वा स्व-परिभाषीत जीवनमा कुनै पूर्व योजना बिना नै अचानक काम (जागिर) परिवर्तन गर्ने वाताबरण बन्यो, अर्को स्टेट सर्नु पर्ने भयो र त्यो सँगै अरु सयौँ कामको बाढि नै आयो। तिनै काम मध्ये आफु बसेको घर अहिलेलाई नबेच्ने बरु भाडामा लगाउने निर्णय भयो, तर मान्छेलाई घर देखाउनु अघि त यसो चिरिच्याँट्ट पार्नु पर्‍यो। घर वरिपरि उम्रेका झारपात हटाउन, दुबोलाई डस्दै उम्रेको Dandelion हटाउन, बगैचामा भएका रुखका हाँगाबिँगा छिमोल्न, झाडी छाँट्न, समग्रमा भन्नु पर्दा जाँगरिला छिमेकिहरुको घर जस्तै पार्न, निकै काम गर्नु पर्ने देखियो।

Excel to GoogleEarth KML - Include Image in the balloons

MP
This post is a follow up to my previous post Excel to GoogleEarth KML. The Excel macro in the previous post would export points and their attribute table to Google Earth.
In this updated version, you can also attach an image at each of selected points along with the image description if available. This version does not have any limitations on number of points and number of attributes you can export (the previous version would not let you have more than 10 attributes). But make sure you do not freeze your computer using 100s of points and attributes :-)

Get file names from a folder using Excel VBA

MP

Get name of the files in a folder

This is an Excel 2007 or later macro that can fetch the name of all the files in a folder.
  1. Download the file and open in Excel 2007 or later. If the macro security is not set to Low, you will be asked to Enable macros. Go ahead and enable the Macros.
  2. Click the button labelled "Get File Names from a folder"
  3. A warning message will pop up saying that the existing data in sheet 1 will be deleted. Click OK
  4. A dialog will open allowing you to browse the folder where your files are.
  5. Click OK and there you go!!

रीस उठ्छ मलाई पनि ..........

MP
एकान्तमा आँशु झार्दै, मनका पीडा धोएको छु
झरी पर्दा भिज्दै मुटु, खन्याएर रोएको छु॥
सधैँ शान्त देखिन्छु म, मनमा ताण्डव चले पनि
तिमीले के सोच्यौ तर, रीस उठ्छ मलाई पनि ॥१॥

Contagious Mass Kleptomania in Nepal’s Airport?

MP
I have come across many Kleptomaniac stories in the movies and television shows. I always wondered if anyone can really have such illness and a part of my mind said that this is just another science fiction. But hey!!!! Nope….. We recently came across a big group of Kleptomaniacs.
Just for quick reference, Kleptomania is considered as an ICD (Impulse Control Disorder) which makes people want to steal items. Kleptomaniac people lose their control and cannot resist the impulse to steal. For many of them getting to steal something gives a great relief of pressure as if you just completed your toughest exam. In majority of the cases, the stealing is not done for any personal or financial gain, they steal just because they cannot stop themselves from stealing. It sounds fascinating until you are a victim or Kleptomania itself or the Kleptomaniacs.

Walmart को माग्ने!

MP

एकदिन कैलाश दरबारको बार्दलीमा बसेर भगवान शंकर र माता पार्वती पृथ्वीतिर अवलोकन गर्दै रहेछन्। माता पार्वती सँधैँ झैँ आफ्नो दैवी नेत्रले को-को माथि भगवान शंकरको कृपा दृष्टि परेको छ, कोहि छुटेका पो छन् कि भनेर हेर्दै थिईन्। सबै जना आ-आफ्नो कर्म र भाग-भोग अनुसारको जीवन बाँच्दै थिए। सबैमा भगवान शंकरको कृपा दृष्टिको ट्याग देखियो तर भोले बाबाकै एउटा मन्दिर मा बसेको माग्नेमा माता पर्वतीले सो ट्याग देखिनन्। त्यस माग्नेलाई माताजी ले पुरै दिन हेरिरहिन्। जतिबेला पनि मन्दिको द्वारमा नै बसेको छ, आउने जाने कोहि सज्जनले दिए ठिकै छ नदिए कसैसँग केहि कर गरेर मागेको पनि छैन, कसैको केही हानि-नोक्शानी गरेको पनि छैन। लुगा फाटो पनि च्यातिएर झुत्रो-झुत्रो भएको छ, राम्रो सँग खान पनि पाएको छैन। संसारका सबै जीवमाथि दृष्टि पुर्‍याउने भोले बाबाले आफ्नै मन्दिरको द्वारमा बसेर त्यस्तो दु:ख पाएको माग्ने कसरी छुटाए भनेर माता आश्चर्यचकित भईन् अनि स्वभाबिक रुपमा अचम्मित हुँदै सो कुरा भोले बाबा समक्ष राखिन्।

Sadie को Snowman र हाम्रा सपनाहरु

MP
जाडो सकिने तरखरमा छ! हिउँले पनि बिदा माग्दै छ वसन्त ऋतु आउँदै छ। चिसो र चिप्लो नहुँदो हो त हिउँको सौन्दर्य झन् कति बढ्थ्यो होला। शान्त आकाशबाट सिमलको भूवा झैँ झर्दै पात बिहीन रुखका हाँगामा  सेतो फुलझैँ सजिँने हिउँको सौन्दर्य बयान गर्नलाई शब्द कम हुन्छन्। यो सौन्दर्य त आफ्नै आँखाले अनुभव गर्नुपर्छ। अझ हिउँ झार्दै गरेको आकाशमा हेर्दा हिउँका कणहरुले अनुहारमा छुँदै जसरि झस्काउँछन् त्यो अनुभव त अलौकिक नै लाग्छ मलाई। तर हिउँलाई यो सौन्दर्य दिएर पुगेन प्रकृतिलाई, चिसो पार्न मन लाग्यो अनि चिप्लो पार्न मन लाग्यो।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons